अपडेट 
२०७९ असार २८, मंगलवार ०७:४९

मिथिलाञ्चलमा सावन अर्थात वर्षा ऋतुको विशेष महत्व छ । मिथिलाञ्चल प्रधानतः कृषि प्रधान क्षेत्र रहेको छ । असार–श्रावणमा जब नभमा मेघ उमड≥ घुमड≥ गर्दै आउँछ अनि लोक मन प्रफुल्लित भै हाल्छ । कालो पयोदका बुन्दहरु जब धरित्रीको तन– मनलाई भिगोइ दिन्छ अनि तब त्यो हरियो कचनार सदृश हुन पुग्छ । खेतहरु हँसदै भान हुन्छ र कृषकहरु मुस्कुराउन थाल्छन । त्यसै वखत धरतीमा जीवनदायी अंकुरन हुन्छ । हरितिमाले भरिएका खेतहरु र सम्पूर्ण धरित्री मनमोहक हुन्छ । आम्रकुन्ज स्थित झुपड≥ीहरु (गोहिया) मा मचानमा बसेका आँप गाछीका रखवारहरु पावस, कजरी, मलारको साथै चौमासा, छौमासा र बारहमासाका टेरहरु रिमझिम वर्षाको मधुर संगीतको साथ गुंजायमान भएर मनलाई रसाल्पावित गरी दिन्छ । असार र श्रावणको महिना मन भावन त हुन्छन नै त्योत रससिक्त गर्ने ऋतु पनि हुन्छ । पावस पयोदको गर्जन र लोक गायक एवं गायिकाहरुको गीतहरुको तान चिताकर्षक हुन्छ । वसुन्धरा नयाँ नवेली बनी अगराय नितराय लागेको हुन्छ । पयोद मनमानी गर्दछ अनि त्यसको नेत माथि शंका हुन थाल्छ । यो असार–श्रावणको महिना हो जब कदम्बमा पूmल लाग्दछ । हरियो हरियो पातहरु मध्य पहेलो कदम्वको फलहरुको मन भावन स्वरुप मानव– मनलाई आकर्षित गर्दछ । भनिन्छ कदम्बको जन्म कामदेवको अंगुलाबाट भएको हो । यसका फुलहरु अत्यन्त मादक हुन्छ । मिथिलाञ्चलमा कदम्ब अत्यन्त प्रसिद्ध छ र लोकप्रिय पनि छ । यस क्षेत्रमा मैथिलानिहरु एक अर्को साथीलाई कदम्ब भनेर पनि सम्बोधन गर्दछिन । यस बखत विरही नायक र नायिकाहरुको दारुण अवस्थाको वर्णन अनेको कविहरुद्वारा भएको पाइन्छ । गोस्वामी तुलसीदास रामको प्रसंग सीता वियोगको वर्णन गर्दै भन्नु भएको छ–

“धन धमण्ड नभ गर्जत घोरा प्रिया हीन डरपत मन मोरा”

त्यस्तै हिन्दीका एक कवि विरहिणी नायिकाको स्थितिको वर्णन गर्दै उसैको मुखबाट भन्न लगाउनु हुन्छ–

“वर्षाका मौसम मुन्झको रुलाके चला जाय हायरे ये पानी अगन लगाके चला जाय”

जहाँ सम्म मैथिली लोक गीतहरुको प्रश्न छ लोकगीत यस्ता काव्य हुन्छ जसमा जीवनको निष्कपट अभिव्यंजना भएको हुन्छ । समय–समयमा गाइने लोकगीतहरु आज पनि अपरमित उत्साह एवं आनन्द प्रदान गर्दछन । यी गीतहरु जहिले पनि भावपूर्ण भएको देखिनछ । लोकगीतका एक–एक शब्द सार्थक हुन्छन । प्रत्येक शब्दमा जीवनको यथार्थ चेतनाको मिश्रण हुन्छ । लोकगीतका प्रेरणाता जनसामान्य हुन्छ र त्यसको भाषा जनसामान्यको बोली हुन्छ । यी गीतहरुमा कृत्रियताको कतै प्रवेश भएको पाइदैन । आफ्नो माटोको जीवन यसमा हुन्छ । जहाँसम्म मैथिली लोकगीतको प्रश्न छ यसमा पावसको विभिन्न रुपको वर्णन भेटिन्छ । यो धान रोपनीको समय हुन्छ अनि धान रोपदा कृषकको स्वर प्रष्फुटित हुन्छ–

“खेलैत छलियै खुनैत छलियै रोपैत छलियै धान मने मन विचारैत छलियै जयबै बाबाधाम स्ुनु भैया रामे राम हो भाइ बाबा जे विराजे ओरिया देशमे”

यस गीतमा धान रोपाइ पश्चात बाबाधाम जाने मनसाय व्यक्त गरिएको छ ।

एउटा अर्को लोकगीतमा छ–
“बदरा उमड≥ी घुमड≥ी धन गरजय बुदिया वरिसन लागे ना दादुर मोर पपिहा गावएजिया उमतावए ना विरहक आगि कुहुकि कुहुकाबए बयरि कोइलिया ना पियाक पाँति लिखब कत भाँति तैयो ने पघिलय ना ।

अर्थात मेघको कालो छटा र त्यसको गर्जन विरहिणी नायिकालाइृ व्याकुल गरि दिन्छ, उ छटपटाइ रहन्छिन । नायिकाको रस गगरी रिक्त छ र आफ्नो प्रेमीसँग त्यस रिक्त गगरी भरन व्याकुल भै रहेकी छिन । अनेकौ प्रकारले पत्र लेखेर पनि प्रियतमको मन पघिलदैन । यस मलार गीतको अतिरिक्त मलारगीतका यी पंक्तिहरु हेरौ–

“उघो प्राणनाथ नहि आये आएल प्रबल ऋतु बरसा तापर धन घहराये चितवन चौक फटए मोर छतिया कत दिन मोहि सताये कुलिश कठोर भल हुनि छतिया हरि धरिया नहि आये नारि विरानि आनि मोहि त्यागल येहन आदेश चलाय वर नागरि मन विसरल प्रेम पुरातन अबहरि भाये । हुनकर वचन सुनब कब बाँसुरी अमृत पाँति नहि पाये उघो प्राणनाथ नहि आये

पावसको यस मर्मस्पर्शी क्षणमा गोपीहरु उद्धवलाई यो गीतको माध्यमबाट भन्छिन कि उघो हामिहरुका प्राणनाथ अर्थात श्रीकृष्ण आउनु भएन । उनीहरु उद्धवलाई भन्छिन श्री कृष्ण हामिहरुको प्रेमलाई विर्सि सक्नु भएको छ त्यसैले त उनका बाँसुरीको आवाज सुनिदैन । शायद उनी अर्कोसँग प्रेम गर्न लाग्नु भएको छ । अब यौटा चौमासाको सौन्दर्य हेरौ–

अब कैसे जियब श्याम विनु सजनी बुन्द लगै वरिसै वरिसत मास आषढ सखी रे विजुली छिटकी रहै छनमे पिया पिया कए रटए पपीहरा मोरिला शोर करए वनमे सावन सखि सब रचत हिडोला झुलि रही पियाक संगमे हम धनी सोचहि ठाढी अटरिया घन घन मदन दहि तनमे भादव रैनि भयावन रखि रे कैसे कटे विरहिनी रतिया

विरहिणी नायिकाको लागि पावस अत्यन्त दारुण र पावसका वृन्दहरु मनमा आगो सदृश जलाउँछ । नायिकाको भनाइ छ श्याम विना कसरी बाँचने ? असारको महिना छ र पानीका बुन्दहरुको वरसा भै रहेको छ, आकाशमा विजली चमकदैछ, कोयलहरु “पिया–पिया” भन्दै छन, मोर वनमा नाची रहेको छ । श्रावणमा हिडोलामा सखिहरु आ–आफ्ना प्रियतमहरुको साथमा झुलि रहेकी छिन तर म विरहिणी विदग्ध भै हेर्दैछु । मैथिली लोकगीत छौमासाको सौन्दर्य हेरौ–

चानन रगडि सुवासल सखिहे गाँथल चम्पाकली हार समोलिया चोली बन्द चीर सरेहल सखि हे सुखक मास अखाढ समलिया साओन हे सखि अधिक दुख पडिगेल इहो दुख सहलो ने जाय समलिया इहो दुख पडिहनु कुबजी सौतिनियाँ जे कन्त राखल लोभाय समलिया ।

अर्थात चाननको लेप ग¥यौ चम्पाकलीको हार गाथें, चोली र चीर सजाएँ असार भरि।नै तर साओनमा बढी दुख त्यस बेला भयो जब प्रियतमको बाटो हेर्दा हेर्दै रहे र उनी आएन । उनी त कुब्जाको प्रेममा फँसी सकेका छन । मेरो जस्तो यस्तो दुख भगवान कुब्जालाई पनि देयुन जो मेरो प्रियतमलाई लोभाएर राखेकी छिन । यस्ता भावना नायिका प्रगट गरेकी छिन । यस प्रकारले मैथिली लोकगीतहरुमा पावसको वर्णन अत्यन्त मनमोहक एवं हृदय स्पर्शी ढंगले वर्णन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News