अपडेट 
२०७९ असार २८, मंगलवार १२:०९

आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।

तोलामा २ सय रुपैयाँ घटेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार तोलामा १ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ कायम भएको थियो। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार २ सय रुपैयाँ प्रतितोला कायम भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ थियो।

Comment


Related News

Latest News

Trending News