२०७९ असार २९, बुधबार ०७:३१

जिल्ला प्रहरी कार्यालय धनुषामा दुई जनाबीच कुटाकुट भएको छ ।

छलफलका लागि बसेका जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ५६ वर्षीय मोहन झा र लेखनदास किशोरी साहबीच कुटाकुट भएको हो । घटना पश्चात दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक राईले जनाएका छन् । उनका अनुसार लेखनदास साहमाथि ठगी मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ भने झामाथि सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाइएको छ । लेखनदास साहले मोहन झाको तीन करोड मूल्य पर्ने जग्गा किर्ते गरी कब्जा गरेको आरोप छ । सोही विषयमा छलफलका लागि बस्दा दुबै जनाबीच विवाद भएको थियो । मोहन झाले स्थानीय सिलन महासेठसँग ०६९ माघ १३ गते चार लाख रुपैयाँ ऋण लिएका थिए । उक्त ऋणको कपाली तमसुक किशोरी साहले लेखेका थिए । मोहनले समयमा ऋण चुक्ता गर्न नसक्दा साहु सिलन महासेठले जिल्ला अदालत धनुषामा सवा ब्याज पाउँ भनि मुद्दा दिएका थिए ।



अदालतले ०७५ जेठमा उक्त मुद्दाको फैसला सुनाए । ऋणीको पैसा तिर्न अदालतले फैसला सुनाएको थियो । त्यसपछि ऋण र साहुले गाउँ समाजमै छलफल गरी ०७८ माघ १६ गते दश लाख रुपैयाँ दिएर ऋण चुक्ता गरे । ऋणी मोहनले स्थानीय अशोक साह र अशोक दास लगायत स्थानीयको रोहबरमा बसी ऋण चुक्ता गरेको भरपाई पनि बनाएका छन् । तर साहुले पछि अदालती खर्च भनेर २५ हजार थप मागेपछि उनीहरुबीच विवाद कायमै रहि रह्यो । ऋण चुक्ता गरे पनि मोहनको जग्गा साहुले फिर्ता गरेनन् । पछि त्यो जग्गा साहु महासेठ र लेखनदास किशोरी साहको मिलेमतोमा कब्जा गर्ने षडयन्त्र बनाएको मोहन झाको परिवारको आरोप छ । उनीहरुले थप २५ हजार नमागी जग्गा लिलामी गराए । अहिले उक्त जग्गा लेखनदास किशोरीका नाती प्रधुमन साहको नाममा पास भएको छ । यी प्रतिनिधिमूलक घटनामात्र हुन् । मधेश प्रदेशमा ऋणीको सम्पत्तिमा हरेक साहुले आँखा गाडेर बसेका छन् । ऋणीको सम्पत्ति कब्जा गरेको गरेको आरोपमा केही दिनपहिले नै धनुषा प्रहरीले धनुषाधामका सुरेश यादवलाई पक्राउ गरेको थियो ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News