२०७९ असार २९, बुधबार ०८:५१

बाराको रुपौलिया र रौतहटको मेवा गाँउको बीचमा पर्ने अरुवा खोलामा पुल निर्माणमा धेरै दिन देखिको विवाद टुङ्गिएको छ ।

नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमार यादव, आदर्श कोतवाल गाँउपालिकाका अध्यक्ष जवाहर प्रसाद साहको आग्रहमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालको पहलमा जिल्लाको सुरक्षा निकायका प्रमुखहरु, पालिका प्रमुख, साह, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति यादव, वडा अध्यक्ष रुपेश नारयण सिंह र रौतहटको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, सुरक्षा निकायका प्रमुख, संविधान सभा सदस्य एवम् नेपाली काँग्रेसका जिल्ला सभापति जितेन्द्र यादव, वडा अध्यक्ष रमेश्वर प्रसाद यादव सहितको सर्वपक्षीय , सर्वदलीय बैठकबाट सो विवादको टुंगो लागेको हो । खोलालाई सफाई गरी पुल, कलभट मुनी राखिएको ढुगाहरु निकाली पानी सहज रुपमा बग्ने वतावरण बनाउने, अरुवा खोलाको साबिक मुहान देखि पश्चिमतिर रहेको पुल जुन भरिएको छ त्यसमा आगामी दिनमा पुल निर्माण नगर्ने, भरिएको बाटोको उत्तर, दक्षिणतिर रहेको खाल्डोलाई अन्य ठाँउबाट माटो ल्याई खाल्डो भरी पहिलाको जस्तो बनाउने, खोलामा रहेको पुलबाट पश्चिम तमागढी सडक खण्ड सम्मको बाटोमा पानीले क्षति पुर्याएको वा पानी बाराको गाँउ सम्म पस्ने अवस्था सृजना भएको खण्डमा दुवै जिल्लाको सम्बन्धित वडाका वडाअध्यक्ष, सुरक्षा निकायको समन्वयमा पानीको सही निकास निकाल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

त्यसै गरी खोलाको पूर्वपटी देखि पश्चिम तामागढी रोड सम्म लहरे पुल निर्माणका लागि दुवैतिरका पालिकाहरुले संघीय, प्रदेश सरकारसंग समन्वय गरी निर्माणका लागि पहल गर्ने, दुवैतिरको सीमालाई कोही कसैले मिच्न नपाउने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए । असार २७ गते रौतहट जिल्ला फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्षको नेतृत्वमा हजारौको संख्यामा एकपक्षीय रुपमा बिना सहमति सडकको दुवैतिरबाट डोजर प्रयोग गरी माटो काटी सडक भर्ने गरेको हुँदा बारा जिल्लाको रुपौलिया,टेढाबाट स्थानीयहरु रोक्न जादा ढुङ्गामुढा समेत हुदा दुवै पक्षबाट दर्जनौ घाइते भएका थिए । सुरक्षा बेश क्याम्पका प्रहरीको गाडी समेत रौतहट पक्षले तोडफोड गरेका थिए । अवस्था तनाव भएपछि दुवै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुले दुवैतिरबाट कुनै मानवीय क्षति नहोस भने उद्देश्यका साथ असार २७ गते भएगरेको काम रोकेर असार २८ गते बिहान ८ बजे वार्ताको माध्यमबाट समाधान निकाल्नका लागि सहमति जनाएका थिए । तर, रौतहट पक्षले एकपक्षीय रुपमा बाराको भूमिबाट माटो काटी सडक भर्ने काम जारी राखेको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

यसै बीच बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कटुवालले बाराको एक ईन्च भूमि पनि कोही कसैले अतिक्रमण गरे आपूmहरुलाई सहय नहुने बताए । त्यसै गरी रौतहटका प्रमुख जिल्ला अधिकारी शाहीले बाराईली जनता, जननिर्वाचित प्रतिनिधि, राजनीतिक दलका नेताहरुको धैर्यता, सहनशीलता, सजगता र जिम्मेवारीपन बोधको कारणले अप्रिय घटना नघटेको भन्दै बाराका सबै पक्षलाई धन्यवाद समेत उनले दिएका थिए ।

Comment


Related News

Latest News

Trending News