२०७९ असार २९, बुधबार ०८:५५

सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्तामाथि विभिन्न आरोप लगाउँदै मंगलवार सो नगरपालिकामा सात राजनीतिक दलले छानबिन र कारवाही माग्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएका छन् ।

गुप्ता हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा नेकपा एकीकृत (समाजवादी)को तर्फबाट उम्मेदवार भई नगर प्रमुख पदमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका नगर सभापति सुरेन्द्र गुप्ता, नेकपा एमाले नगर सभापति श्रीनारायण चौधरी, जसपा नगर सभापति सरोज कुमार चौधरी, लोसपा नगरसभापति मो.याकुव राईन, राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वर साह, जनमत पार्टीका केन्द्रीय सदस्य मदनेश चौधरी तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेता सुकदेव साहको संयुक्त हस्ताक्षरमा प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई बुझाइएको हो । ज्ञापन पत्रमा लोसपा नेता मो.याकुव राईनमाथि नगर प्रमुख गुप्ताको प्रत्यक्ष संलग्नतामा दुव्र्यवहार भएको आरोप लगाउदै सो घट् नाको छानबिन गरी दोषी माथि कारवाहीको माग गरिएको छ । ज्ञापनपत्र मार्फत सात दलीय राजनीतिक मोर्चाले आ.ब.२०७८÷०७९ मा नगरपालिकाबाट असार २५ सम्म संचालित सबै योजनाहरुको प्रगति प्रतिवेदन सार्वजनिक गर्न, कोभिड पीडित विपन्न परिवारलाई अविलम्ब सरकारबाट प्राप्त सहयोग १० हजारका दरले राहत रकम प्रदान गर्न, आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न तथा मधेश प्रदेश सरकारको सहयोगमा वडा २, ४, ९ र १२ मा संचालित योजना र सडक बोर्डको योजनाहरुको छानविनको समेत माग गरिएको छ । मंगलवार नै सात दलीय मोर्चाले पत्रकार सम्मेलन गरी नगर प्रमुख गुप्ताले योजना तर्जुमा, उपभोक्ता समिति गठन, अनुगमन, मूल्यांकन जस्ता कार्यमा प्रत्यक्ष हस्तक्षेप गरी मनपरी ढंगले काम गरिरहेको आरोप लगाएका छन् । यिनै प्रवृतिको विरोध गर्न जाँदा असार २५ गते राति ९ बजे तिर नगरपालिका परिसर भित्रै नगरप्रमुख गुप्ताको प्रत्यक्ष संलग्नतामा आपूmमाथि कुटपिट भएको पत्रकार सम्मेलनमा लोसपाका स्थानीय नेता मो.याकुव राइनले आरोप लगाए ।



जसपाका केन्द्रीय सदस्य विनोद चौधरीले मो.याकुवमाथि कुटपिट गर्ने घट् नामा संलग्न भएकाहरुलाई पक्राउ गरी कारवाही गर्नु पर्ने माग गरे । उनले सात दलीय मोर्चाले अघि सारेका मागहरु उपर अविलम्ब सुनुवाई नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिए । सात दलीय मोर्चाले उक्त ज्ञापन पत्रको बोधार्थ मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत दिइएको छ । नगर प्रमुख गुप्ताले भने घट्नाका बेला आपूm कार्यालयमा नरहेको बताउँदै राति अवेला सम्म बसेर काम गरी रहेको कर्मचारीलाई धम्क्याउदै लोसपा नेता मो.याकुव राईनको नेतृत्वमा पुगेको विपक्षीहरुले काम गर्न नदिएको तथा गाली गलौजमा उत्रिएपछि सेवाग्राहीहरुले नै सामान्य प्रतिकार गरेको दाबी गरेका छन् । “२५ गते राति १२ बजे पछि सर्भर डाउन हुने भनी सरकारले नै जानकारी दिएको आधारमा दिनरात खटेर काम भईरहेको थियो, उनले भने–तर काम गरी रहेका कर्मचारीहरुलाई गाली गलौज सहित राति किन काम गर्छस भन्दै पूर्वाग्रही भएर विपक्षीहरुले काममा बाधा पु¥याउँदा केही शीर्षकको रकम समेत फ्रिज हुने अवस्था आएको हो ।” उनले नगरपालिकामा जडान गरिएको सिसी क्यामरा को फुटेजहरु हेर्दा सबै सत्यतथ्य आफै उजागर हुने बताए ।

उनले विपक्षीहरुको असहयोग र अवरोधका कारण कोभिड पीडित ९ सय २६ जनाका लागि आएको ९२ लाख ६० हजार रुपैया फ्रिज हुन पुगेको बताए । आपूmले कार्यभार सम्हालेको २ महिना पनि नपुगेको बताउदै उनले वस्तुस्थिति अध्ययन गरिरहेकै बेला आपूmमाथि विपक्षीहरुद्वारा लगाइएको आरोप सत्य नरहेको जिकिर गरेका छन् ।

Comment


Related News

Latest News

Trending News