२०७९ असार ३०, बिहीबार ०८:०४

सप्तरीको राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादव निलम्बित भएका छन् ।

बुधबार उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । राजविराजस्थित राज रंगशालाको निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीसहित सात जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । यादव जनता समाजवादी पार्टी (जसपा)बाट नगर प्रमुख पदमा निर्वाचित भएका थिए । उनले नेकपा माओवदी केन्द्रका शम्भुप्रसाद यादवलाई ९ हजार ६ सय २४ मत ल्याएर पराजित गरेका थिए । राजविराज नगरपालिका उपेन्द्र यादवको क्षेत्र भित्र पर्ने भएकाले उनलाई कमजोर पार्नकालागि अख्तियारले यस्तो मुद्दा दर्ता गरेको आरोप समेत लगाइएको छ । उनलाई कमजोर पारेपछि उपेन्द्र यादव कमजोर हुने मनोसायले मेयर यादवलाई फासाउने काम भएको आरोप लगाइएको छ । आर्थिक वर्ष ०७३÷७४ मा राज रंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा नगरप्रमुख समेत रहेका न्यू गहिल कन्ट्रक्सनका संचालकसमेत रहेको उनको संलग्ना देखिएको छ । भीमराज यादवसहित उदय निर्माण सेवाका संचालक उदय श्रेष्ठ, जिल्ला विकास समिति सप्तरीका तत्कालीन इन्जिनियर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण मण्डल, महेन्द्रप्रसाद यादव, समितिका अध्यक्ष एजेट न्यासुर र उपाध्यक्ष धीरेन्द्र बर्माविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

नगर प्रमुख यादवमाथि अख्तियारले दुई लाख ६३ हजार चार सय ६८ रुपैयाँ ४० पैसा विगो दाबी गरी कैद एवं जरिवाना माग दाबी गरेको छ । मापदण्ड विपरीत र सर्त अनुसार काम नगरेको प्रमाणित भएपछि अख्तियारले यादवमाथि मुद्दा दायर गरेको छ । यस्तै, सोही काममा सप्तरी खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष एजेट न्यासुरमाथि पनि मुद्दा दायर गरिएको छ । उनले गुणस्तरयुक्त काम भएको, मापदण्ड वमोजिम काम भएको भनी स्वीकृति दिएका थिए । तर मूल्याङ्गकन किताबमा उल्लेख गरेअनुसार फिल्डमा काम नभएको पाएपछि उनीमाथि पनि मुद्दा दायर गरिएको हो । परिणामभन्दा बढी काम गरेको भनी भुक्तानी दिलाई नेपाल सरकारको हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारले ठहर छ। उनीसँग १३ लाख २७ हजार चार सय ३० रुपैयाँ असुल उपर गरी कैद एवं जरिवानाको लागि अख्तियारले मुद्दा दायर गरेको छ । यस्तै, जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन उपाध्यक्ष धीरेन्द्र बर्मामाथि पनि मुद्दा दायर गरिएको छ । उनले निर्माण काम सम्पन्न नहुँदै समितिको खाताबाट दुई लाख पेश्की दिएका थिए। पेश्की दिइएपनि कुनै काम नगरेको र पेश्की पनि फछ् र्यौट नगरेको अख्तियारको विज्ञप्तिमा उल्लेख गरिएको छ । सो रकम उनीसँग असुलउपर हुने माग दाबीसहित सजायको लागि अख्तियार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन प्रमुख महेन्द्र प्रसाद यादवमाथि पनि मुद्दा दायर गरिएको छ । उनले उदय निर्माण सेवाले गरेको कामको स्वीकृत गराई गरेको कामभन्दा सात लाख ५७ हजार ६ सय २० रुपैयाँ बढी भुक्तानी दिलाएका थिए । सो रकम असुल उपर गरी कैद एवं जरिवाना दाबी गरिएको छ । सोही कार्यालयका अर्का तत्कालीन प्रमुख लक्षमण मण्डलमाथि पनि मुद्दा दायर गरिएको छ । उनले पाँच लाख ६९ हजार आठ सय १० रुपैयाँ बढी भुक्तानी दिएका थिए । सो रकम असुल उपर गरी कैद र जरिवानाको लागि माग दाबी गरिएको छ ।

साथै समितिका उपाध्यक्ष धीरेन्द्र वामालाईसमेत दुई लाख पेश्की दिने कार्यमा पनि उनको संलग्नता देखिएको छ । यस्तै, जिल्ला समन्वय समिति सप्तरीका तत्कालीन इन्जिनियर विकास श्रेष्ठमाथि पनि मुद्दा दायर गरिएको छ । उनले कम काम भए पनि बढी काम भएको र नापी कितावमा बढी मूल्याङ्गकन गरेका थिए । उनले १३ लाख २७ हजार चार सय ३० रुपैयाँ उनीसँग असुल उपर गरी कैद एवं जरिवानाको लागि मुद्दा दायर गरिएको छ । उनले गरेको कामको कागजातसमेत लुकाइ छिपाइ बदनियतपूर्वक भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठमाथि पनि मुद्दा दायर गरिएको छ । उनले मापदण्ड विपरीत काम गरेको र काम गरेको भन्दा बढी भुक्तानी लिएका छन् । दश लाख ६३ हजार ९ सय ६२ रुपैयाँ उनीसँग असुल उपर गरी कैद र जरिवानाको लागि मुद्दा दायर गरिएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News