२०७९ असार ३०, बिहीबार १०:४५

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन्। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन्। अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन।

तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन्। स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन्। अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन्।

Comment

Related News

Latest News

Trending News