अपडेट 
२०७९ असार ३०, बिहीबार १६:०३

बिहीबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय र तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य प्रतितोला १ हजार १८० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News