अपडेट 
२०७९ असार ३०, बिहीबार १६:०६

नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २७ पिसिआर परिक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टीजेन परिक्षणका क्रममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय ५८ जना निको भएका छन् । हाल नेपालमा १ हजार १ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News