२०७९ असार ३१, शुक्रबार ०७:१६

जनकपुधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ३ मा रहेको जनकको मन्दिरको विद्युत्एकसाता देखि काटिएपछि मन्दिरमा अन्धकार छाएको छ ।

विद्युत् काटिएको कारण मन्दिरमा साँझको समयमा बिजुली बत्ती बल्न छाडेको महन्थको भनाइ छ । सो मन्दिरका महन्थ वैद्यनाथ गिरीका अनुसार मन्दिरको आयश्रोत नभएको कारण २०५२ सालदेखिको बिजुलीको भुक्तानी गर्न सकिएको छैन । अहिले अनुमानित ५ लाख जति बिजुलीको भुक्तानी गर्न बाँकी रहेको छ । मन्दिरको आयश्रोत २०५२ सालसम्म केही कठघराबाट आउने गर्दा आपूmले मासिक रुपमै बिजुलीको भुक्तानी गरेको महन्थ गिरीको भनाइ रहेको छ । उनले भने मन्दिरको पूजाको लागि राममन्दिर गुठीबाट मासिक रु.६ सय दिने गरिएको छ । त्यसले प्रसादी पनि चढाउन पुग्दैन । आप्mनो गुजारा समेत जसोतसो दाताहरुको सहयोगमा र मन्दिरमा भक्तजनबाट अर्पण गरिने भेटीबाट हुने गरेको पनि महन्थ गिरी बताउछन् । महन्थ गिरीले काटिएको बिजुली सुचारु गराईदिन सम्बन्धित निकायहरुमा आपूmले गुहार लगाएको पनि बताए । २०७५ साल चैत्रसम्ममा विद्युत् प्राधिकरणबाट मन्दिरका नाममा आएको बाँकी रकम ३ लाख ६ सय २० रुपियाँ १२ पैसा रहेको छ । उनलाई मासिक मन्दिरमा कत्तिसम्म विद्युत् बिल उठ्छ होला भनि सोध्दा उनले ६ सय देखि ७ सय सम्म भन्ने जवाफ दिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News