२०७९ असार ३१, शुक्रबार ११:३८

जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईले पार्टी फुटाउने षड्यन्त्र गरेकोले कारबाही गरिएको बताएका छन् । संघीय परिषद अध्यक्ष रहेका भट्टराईसहित ९ जनालाई जसपाले बिहीबार कारबाही गरेको थियो ।

वीरगञ्जमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले पार्टी हितभन्दा विपरीत काम गरेको पाइएकोले भट्टराई लगायतलाई कारबाही गरिएको बताएका हुन् ।

भट्टराई सच्चिएर आए पार्टीमा राख्ने पनि उनले बताएका छन् । भट्टराईलाई साधारण सदस्यबाट पनि हटाइएको हो भन्ने पत्रकारको प्रश्नमा यादवले भने, ‘सच्चिएर आउनुभयो भने बेग्लै कुरा तर अब उहाँ अर्को पार्टी खोल्नेतिर लाग्नुभएको छ । एकै मानिसलाई धेरै पार्टीमा सदस्य बनाउने कुरा त भएन१’

साथै यादवले भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् । यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताएका हुन् । साथै अध्यक्ष यादवले मधेशको मुद्दालाई कमजोर बनाउन बाबुराम भट्टराई लागिपरेको आरोप समेत लगाएका छन्।

उनले पार्टी नेता रेणु यादवले पार्टी नछाडेको जनाएका छन् । अध्यक्ष यादवले पार्टीमा समस्या अध्यक्षका कारणले नआएको पनि दाबी गरेका थिए । ‘भट्टराई पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक गर्दा उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समितिको बैठक राखेका थिए । जसपामा बाबुराम र उपेन्द्रबीच सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति केही समयअघि भएको थियो ।

Comment


Related News

Latest News

Trending News