अपडेट 
२०७९ असार ३१, शुक्रबार १६:३९

नेपालमा थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परिक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ९ सय ६ जना निको भएका छन् । हाल नेपालमा १ हजार २ सय ८४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News