छोरामाथि कुटपिट भइरहदा जोगाउन गएकी एक महिलाको स्थानीय केही व्यक्तिको कुटाइबाट ज्यान गएको छ ।
प्रहरीका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ प्रवाहा पट्टी टोलकी ६० वर्षीया जिरादेवी मण्डलको ज्यान गएको हो । प्रहरीले दिएको जानकारी अनुसार बिहीबार साँझ बजारबाट मल खरिद गरी आउदै गर्दा उनका छोरा मनोज चढेको साइकलबाट बाटोमा खेल्दै गरेका एक बालकलाई सामान्य चोट लागेको थियो । सोही निहुँमा स्थानीय केही व्यक्ति मनोजमाथि कुटपिट गरिरहेको खबर पाएपछि बचाउन गएकी आमा जिरामाथि समेत कुटपिट गरिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी जिरालाई उपचारका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । कुटपिटबाट मृतक महिलाका छोरा मनोज सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनको शव शुक्रवार पोष्टमार्टम पश्चात आफ् न्तलाई बुझाइएको तथा कुटपिटमा संलग्नको पहिचान र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

