अपडेट 
२०७९ असार ३२, शनिबार ०९:३५

भारत भ्रमणका लागि नयाँ दिल्ली पुग्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज उच्चस्तरीय भेटवार्ता गर्नुहुने भएको छ ।

भारतीय जनता पार्टीको निमन्त्रणामा दाहाल शुक्रवार दिल्ली पुग्नुभएको हो । उहाँले आज भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नुहुनेछ । उहाँले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

दाहालले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीसँगको भेटपछि उहाँ भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Comment


Related News

Latest News

Trending News