अपडेट 
२०७९ असार ३२, शनिबार १५:२५

होमसेन्टर नदिएको कारण विद्यार्थीहरुले क्याम्पसमा आगजनी गरेका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यनरत स्नातक दोश्रो वर्षको परीक्षाकेन्द्र सोहि क्याम्पसमा नदिएको भन्दै बिद्यार्थीहरुले आगजनी गरेका हुन । परिक्षाकेन्द्र वीरगन्ज भन्दा बाहिर तोकिएको भन्दै शनिबार बिहान क्याम्पसमा तोडफोड गर्दै आगजनी गरिएको छ । विधार्थीहरुको एक समुहुले क्याम्पस प्रमुखको कार्यकक्ष भित्र र बाहिर तोडफोड गर्दै फर्निचरहरुमा आगजनी गरेका छन् । प्रदर्शनमा उत्रिएका विधार्थीहरुले क्याम्पसको टेबुल ,कुर्सी , बेन्च र सोफा बाहिर निकालेर आगजनी समेत गरेका छन । बिरोध र आगजनीको कारण केहि समय बिद्यार्थी र प्रहरी बिच भएको भिडन्तको कारण उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । परीक्षाकेन्द्र,अध्यनरत क्यामपसमा नताकेसम्म आन्दोलन जारी रहने चेतावनी समेत विद्यार्थीहरुले दिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परिक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बिएडको परिक्षा बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिए पछि आफुहरु बिरोध गर्न बाध्य भएको बिद्यार्थी नेता पवन यादवले बताए । क्याम्पस प्रमुख उमेश चौरसीयाले परिक्षा सेन्टर अन्य सारिएकोले क्याम्पसमा तोडफोड र आगजनीका घटना हुनु निन्दनीय भएको बताए । परिक्षाकेन्द्र क्याम्पस प्रमुखले नभइ त्रिभुवन विश्वविधालयको राष्ट्रिय परिक्षा बोर्डले तोक्ने प्रावधान भएकाले अध्यनरत्त शिक्षण संस्थामै क्षति पुर्याउनु दुर्भाग्य भएको उनको भनाइ थियो ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News