जनता समाजवादी पार्टिको केन्द्रिय समितीको विस्तारित बैठक सम्पन्न भएको दुइ दिन नबित्दै पार्टिबाट ६९जनाले राजिनामा दिएका छन् ।
पार्टिका केन्द्रय अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले हैकम्बादी चरित्र देखाएको भन्दै दुइ केन्द्रिय सहित ६९जना पदाधीकारीले राजिनामा दिएका हुन ।पार्टिबाट राजिनामा दिने अधिकांस पदाधिकार पर्सा क्षेत्र नम्बर ४का रहेकाका छन् । शनिबार बिहान वीरगन्जमा पत्रकार सम्मेलन गरि जसपाका दुई केन्द्रिय सदस्य सहित ६९ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।राजिनामाको घोषणा पछि मुख्यमन्त्री लालबाबु राउत आफ्नै गाउपालिकामा जगरनाथपुरमा एक्कलीएका छन् ।
हालै सम्पन्न भएको स्थानिय निकायको चुनावमा मुख्यमन्त्रीले जन्मथलोबाट श्रीमतिलाई पार्टिको तर्फबाट उपाध्यक्षमा उम्मेदावर बनाएको कारण कार्यकर्तामा ठुलो अन्तरबिरोध सुरु भएको थियो । अहिले जसपाबाट राजिनामा दिनेमा अधिकांस मुख्यमन्त्रीकै जन्मथलो गाउपालिका पदाधिकारी तथा कार्यकर्ता रहेका छन् । केन्द्रिय सदस्य बिरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवम् जगरथापुर गाउँपालिका अध्यक्षका प्रत्यासी कृष्ण मोहन यादव, पर्सा निर्वाचन क्षेत्र नं. ४ का अध्यक्ष लालबाबु साह, जिराभावानी गाउँपालिका संयोजक राजबली यादव, ठोरी गाउँपालिका संयोजक राम बहादुर पाख्रिन लगायतकाले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पार्टीमा बढेको स्वच्छचारिताका कारण एकलौटी ढंगबाट पुराना कार्यकताहरुलाई पाखा लगाउने कार्य भएको भन्दै बिद्रोह सुरु भएको उनीहरुका भनाइ थियो । पार्टिमा निति, नियत र नेतृत्व प्रष्ट नभएको र संगठनात्मक संरचनाको आधारमा कार्यबिभाजना भन्दा पनि ब्यक्ती, ठेक्दार र भ्रष्टाचारी हाबी भएकोले पार्टी परित्याग गरिएको उनीहरुको आरोप रहेको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

