२०७९ श्रावण १, आईतवार ११:४१

सप्तरी ( सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् ।

बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा स्थानीय कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते भएका सप्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन वटा ग्यास सिलिन्डर पड्किएको छ ।

खगेन्द्रको घर र छिमेकी वीरेन्द्र यादवको परालको टाली जलेर नष्ट भएको छ । यस्तै, खगेन्द्रको घरमा रहेको नगद १ लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी, एक थान साइकललगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News