अपडेट 
२०७९ श्रावण १, आईतवार १५:५७

नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टीजेन परिक्षणका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै थप ५९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार १६ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News