यातायात व्यवस्था कार्यालय जनकपुरधाममा १२ वर्षदेखि एकजना कर्मचारी हल्लिएको छैन् ।यातायात कार्यालयमा सवारी साधनको मूल्यांकन गर्ने कामको जिम्मे वारी पाए पनि राकेश यादवले सबै फाँटको ठेक्का लिने गरेको बताइन्छ । यातायात कार्यालयमा अवैध कार्य गराउन सक्रिय रहे का यादवले पछिल्लो समयमा प्रदे शको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रीलाई समे त प्रभावित पारेको बताइन्छ । नियमित रुपमा मन्त्रीजीको सेवा नगरी यातायातमा बस्न नपाइने उनी सगर्व बताउने गर्छन् ।
मधेश प्रदेश सरकारमा हाल नेपाली कांग्रेसका नेता रामसरो ज यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् ।यस अघि लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का नेता जितेन्द्र सोनल भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका थिए ।तर राकेश यादव दुबै दलका नेता मन्त्री भएको बेला उतिकै ‘फिट’ दे खिएका छन् । यातायात कार्यालयबाट झण्डै पाँच सय स्मार्ट लाइसेन्स खेतमा फालिएको थियो ।त्यो प्रकरणमा पनि यादवको संलग्नता रहेको बताइए पनि छानबिनको रिर्पोट भने सार्वजनिक गरिएन् । किसानहरुले धान काट्न गएको बेला खेतमा स्मार्ट कार्ड लाइसेन्स फेला पारेका थिए । यातायात मन्त्रालय र कार्यालयले त्यसको छानबिन गराउने भनेका थिए ।यादवले मोटो रकम लेनदे न नगरी छानबिनको प्रक्रियालाई नै बन्द गराएका थिए । ‘खाउ र खुवाउ’ भन्ने मूलमन्त्र जपेको बताउने यादवले मन्त्रीलाई समेत कमाउ मान्छे चाहिएको खुल्ले आम बताउने गरेका छन् ।एकजना सेवाग्राहीले भने, ‘यातायातमा राके श सरको दादागिरी छ ।’उनले दाबी गरे अनुसार जनकपुरधामबाट आफैले नचाहे सम्म सरुवा गर्ने हैसियत कसैकोमा छैन् । यादवको कारण यातायात कार्यालय कुख्यात भएको कर्मचारीहरुले महसुस गरे पनि कार्यालय प्रमुख भन्दा शक्तिशाली रहेकाले कसैले छुन नसकेको बताउँछन् ।
यादवले कयौं पटक से वाग्राहीहरुसित कुटाकुट समेत गरे का छन् । यादवको कारण कार्यालयमा दिनहुँ विवाद हुने गरेको कर्मचारीहरु बताउँछन् ।हुने काममा पनि सेवाग्राहीहरुलाई अनावश्यक दुख दिएर अवैध रुपमा रकम लिने गरेको उनीमाथिको आरोप पुरानै छ ।तर उनले कार्यालयमा केही ले खन्दासको माध्यमबाट रकम लिने गरेको बताइन्छ । यादव कर्मचारी युनियनको उपाध्यक्ष र धर्मराज पौडेल अध्यक्ष रहेका छन् ।दुवै जनाले लेनदेनको आधारमा राजनीतिक तालमेल मिलाउने गरेको बताइएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

