प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएका छन् ।
आइतबारदेखि मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तरर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई हटाइएको छ । प्रतिष्ठानले ०७७ कार्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको म्याद थप नभए सम्मको लागि हाजिरी नगर्न सूचना प्रकाशित गरेका छन् । सो अवधिमा भर्ना भएका करारका कर्मचारीलाई आइबारदेखि हाजिरी तथा कामकाज नगर्न नगराउने प्रतिष्ठानले सूचनामार्फत जानकारी गराएको छ । ‘प्रस्तुत विषयमा यस प्रादेशिक अस्पताल, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा मिति २०७७।०७।२५ गते पछिका नियुक्तिहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण कर्मचारीहरुलाई आगामी आ.व. २०७९/०८० को श्रावण १ गते देखि म्याद थप नहुँदासम्म कार्यालयमा हाजिर नगर्न/नगराउन साथै कामकाज नगर्न/नगराउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ अस्पताल प्रशासन प्रमुख कृष्णदेव दासले निकालेको सूचनामा उल्लेख छ ।
यसैबीच, निकालिएको कर्मचारीहरुले आपत्ति जनाएका छन् । उनीहरुले २४ घण्टाभित्र पुनः नियुक्त गर्न माग गरेका छन् । कर्मचारीलाई कुनै जानकारी र छलफल नगरी हटाएको विज्ञप्ति मार्फत जनाएका छन् । पुनः नियुक्ति नभए कडा आन्दोलन गर्ने कर्मचारी संघर्ष समितिले चेतावनी दिएको छ । उनीहरुले प्रदेश सरकार, प्रहरी प्रशासन र राजनीतिक दललाई हटाइएको प्रति ध्यानाकर्षण गराएका छन् । ‘अस्पतालको दोहोरो चरित्र देखिएको छ । एकतर्फ आइतबारदेखि १ सय ३२ जना करारका कर्मचारीलाई हटाएको छ । अर्को तर्फ आइतबार नै फेरि सोही संख्यामा सोही पदका कर्मचारी माग गरेका छन् । हटाउनु नै छ भने फेरि कर्मचारी भर्नाको सूचना किन निकाल्नु प¥यो,’संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

