अपडेट 
२०७९ श्रावण २, सोमबार ०८:११

चरित्रको सड्ढट, विश्वासको सड्ढट र नेतृत्वको सड्ढट (राजनीतिका त्रिदोष) नै नेपालको वर्तमान सम्पूर्ण समस्याको जननी हो । वैचारिक विचलन भएपछि व्यक्ति अथवा सड्डठन कमजोर एवं निस्सहाय हुन पुग्दछ । यस्तो अवस्थामा वैदेशिक हस्तक्षेपको सम्भावना बढ्दै जान्छ । गुरु पूर्णिमाको साइत पारेर चिनिया“ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण यसको ज्वलन्त उदाहरण हो । आलो पालो गरी नेपालका वामपन्थी दलका नेताहरूसित उनको भेटघाटको निहितार्थ प्रस्ट नै छ, आउ“दो सङ्घीय र प्रादेशिकसभा निर्वाचनमा कम्युनिस्टहरू एकजुट भएर चुनावमा भाग लिनु । सम्भव भए पुनः नेपाल कम्युनिस्ट पार्टीलाई ब्यु“ताउने तर त्यो सम्भव नभए कम्तीमा पनि वाम गठबन्धनको निर्माण गर्नु नै चीनको चाहना रहेको देखिन्छ । चुनावभन्दा ठीक अघि सत्ताधारी चिनिया“ कम्युनिस्ट पार्टीका नेताको यसरी नेपाल भ्रमण हुनुलाई संयोग मान्न सकिंदैन । यो सुनियोचित रूपमा भएको छ । नेपालका कम्युनिस्ट पार्टीबीच एकता सहकार्य गराउने हिसाबले भएको उनको यस भ्रमणको निन्दा मात्रै गर्न सकिन्छ । यो एक किसिमले हस्तक्षेप नै हो । चिनिया“ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचेनको ने पाल भ्रमणको अर्को उद्देश्य बिआरआई परियोजनाको कार्यान्वयनलाई बल दिनु हो । बिआरआईका परियो जनाहरू बढोस् भन्ने चाहना नेपालको उत्तरी छिमे कीको रहेको देखिन्छ । आखिर पटक–पटक नेपालका वामपन्थीलाई शिक्षा–दीक्षा दिन किन उत्तरी छिमेकीको दूतलाई नेपाल आइराख्नुपर्छ ? चीनले लामो समयसम्म डेंग जियाओ जिंगको लो प्रोफाइल कायम गर्ने नीति अवलम्बन ग¥यो । मौन बसेर शक्ति आर्जन गरिरहने र आप्mनो स्वार्थमा मात्र चासो देखाउने चिनिया“ शैलीको युगको अन्त्य भइसकेको छ । कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुगेको चीन, बिआरआई, एशियाली पूर्वाधार विकास बैंक, सङ्घाई सहयोग सड्डठन आदिमार्पmत मुखर भइरहेको छ र आर्थिक र सामरिक दुवै दृष्टिले वुल्फ–वारियर डिप्लोमेसी भनिने आक्रामक कूटनीतिको प्रभाव नेपालसम्म आइपुगेको छ । एक हदसम्म चिनिया“ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण आप्mना स्वार्थ नमिल्ने विश्वलाई घृणा गर्ने राष्ट्रवादमा आधारित छ । नेपाली नेताहरूले सहज स्पेस दिएकै कारण नेपालमा चीनको अति सक्रियता बढेको हो । एमाले र माओवादीको एकीकरण र विवाद साम्य पार्न चीनको भूमिका देखिने गरी सतहमा आयो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी

(एमाले) र माओवादी केन्द्रबीच ७ फागुन २०७४ मा सात बुँदे समझदारी हुने बित्तिकै चिनिया“ कम्युनिस्ट पार्टी (सिपिसी) का नेता कुअ या यचौ चिनिया“ दूत बनेर नेपाल आएका थिए । उनै यचौ नेकपा विवाद उत्कर्षमा पुगेको बेला १२ पुसमा पनि बेइजिङको विशे ष दूतको रूपमा विवाद मिलाउन काठमाडौं ओर्लिए, तर उनको प्रयास सफल हुन सकेन । कन्फुसियसकालीन मान्यताले समाजसम्मै जरो गाडेको चीनमा राष्ट्रवाद र संस्कृतिप्रति एक किसिमको अभिमान पनि छ । त्यसैको प्रभाव हुन सक्दछ, चीन जहिल्यै आपूmप्रति वफादारिताको सुनिश्चितता खो जिरहन्छ । त्यसैले एक चीन नीतिको नारा सधैं दो होरो¥याउनुपर्छ । एकचोटी आश्वासन दिएर पुग्दैन । आप्mनो आलोचना सुन्न अनिच्छुक चिनिया“ सत्ताको शैलीको प्रतिविम्ब समय–समयमा देखा पर्ने गर्दछ । ने पालका कुनै लेखक अथवा पत्रकारले चीनको विरो धमा समाचार लेखेलगत्तै पश्चिमा समर्थकको आरो प लगाई आलोचना गर्ने गर्दछ । नेपाली काङ्ग्रेसका नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत वर्ष नेपाल–चीन सीमा विवादका विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि चिनिया“ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले भारतीय र अमेरिकी स्वार्थमा उनले विवाद झिकेको भन्ने तिखो आलोचना ग¥यो जबकि उपरोक्त दुईवटै देशलाई यससित कुनै वास्ता नै थिएन, किनभने यो त नेपालको सिमानाको विषय थियो र स्थलगतरूपमा दे खेको कुरा लेख्ने काम भएको थियो । काठमाडौंस्थित चिनिया“ दूतावासले पनि नेपाली काङ्ग्रेसलाई खे दसहित पत्र पठाएको थियो । आफूलाई अप्ठ्यारो पर्ने कुरालाई कार्पेटमुनि नै राख्न चाहने शैली भएको ले हुन सक्छ, नेपालस“गको सीमा विवादको विषयमा सुन्न र छलफल गर्नै चाह“दैन, चीन । छिमेकीप्रति सद्भावसहित तटस्थ हुनुपर्नेमा यहा“को ठूलो जनमत प्रो–चिनिया“ नै बन्न पुगेको छ । परिणामस्वरूप चीनप्रति आलोचनात्मक दृष्टिकोण सीधै पश्चिमाद्वारा पोषित तथा स्वतन्त्र तिब्बतको पक्षधर घुसपैठियाका रूपमा कलड्ढित गर्ने गर्दछ । चीनलाई गुण–दोष दुवै भएको छिमेकी भन्ठान्नुसट्टा तख्तामा नै राखेर अति सम्मान गरेका कारण उत्तरतिरको सम्बन्धमा हाम्रो स्वाभिमान र आत्मसम्मान घु“डा टेक्ने तहमा पुगे को छ । चीनका लागि नेपाल प्राथमिकताको देश हो इनस आर्थिक, राजनीतिक र सामरिक कुनै पनि दृष्टिकोणले ऐतिहासिक कालदेखि नै नेपालमा चीनको उपस्थिति उसको वास्तविक प्रभावभन्दा ठूलो देखिने गरी चित्रण हु“दै आएको छ ।

चीनको सदाशयतालाई अतिरञ्जित रूपमा पस्किने काम हुँदै आएको छ । ठूला दुई महाशक्तिबीच अवस्थित नेपालले सन्तुलन कायम राख्नु आवश्यक छ तर नेपालमा चीनको चाहिनेभन्दा बढी देवत्वकरण गर्ने काम हुँदै आएको छ । अब यो नागरिकस्तरसम्म पुगेको छ । चीनको सत्तारूढ चिनिया“ कम्युनिस्ट पार्टी (सिपिसी)को सिद्धान्तलाई आयात गरेका नेपााली राजनीतिक दलहरू (वामपन्थी)ले निर्माण गरेको तिलस्मी भाष्यले धेरैलाई भूलभुलैयामा पारिदियो । त्यसैले नेपालको प्रत्येक राजनीतिक परिवर्तन र आर्थिक विकासमा सहयोगी रहेको भारतको छवि खराब छिमेकी बने पनि नेपाली समाजमा चीनप्रतिको अनुराग असामान्य बन्न पुग्यो । नेपालको राष्ट्रियता भारतविरोधी मानसिकतामा आधारित रहेकोले यस्तो भएको हो । नेपाली राष्ट्रवादको चासो चिनिया“ स्वार्थको रक्ष्ाँस“ग जोडिने गरेको छ । एमसिसी परियोजना कार्यान्वयन नहोस् भन्ने चाहना चीनको थियो । शुरूमा नेपालका वाामपन्थी दलहरूले यसको चर्को विरोध गर्दागर्दै सार्वजनिकरूपमैं भन्न पनि पुगे कि एमसिसी चीनविरुद्ध लक्षित भएकोले यसलाई स्वीकार गर्नुहु“दैन । एमसिसी सम्झौताबाट नेपाललाई केकति घाटा छ ? यसबारे तिनलाई चिन्ता थिएन, ने पालका वामपन्थी राष्ट्रवादीहरू चीनको चिन्ताबाट बढी चिन्तित थिए । अर्थात् देशको स्वार्थको जगेर्ना हुन्छ कि हु“दैन हेर्नुको सट्टा नेपालमा चीनको स्वार्थ रक्ष्ाँ हुन्छ कि हु“दैन हेर्ने जनमत तयार पार्ने काम भयो । दुई देशको सीमा नाकामा त चिनिया“कै दबदबा रह“दै आएको छ । २०७२ सालमा आएको भूकम्पका कारण बन्द उत्तरी नाका आजसम्म चालू हुन सके को छैन । चीनमा अध्ययनरत छात्रहरू कोभिड–१९ का कारण नेपाल आएपछि अब चीन तिनलाई बा“की पढाइ गर्ने अनुमति दिइरहेको छैन । उत्तरी नाका बन्द भएका कारण नेपालको निर्यात व्यापार सात वर्षदेखि ठप्प छ । चीनले आप्mनो इच्छा अनुसार मात्रै आयात गर्ने गर्दछ । काठमाडौंस“ग नियमित हवाई उडान पनि सहज भएको छैन तर पनि नेपालका वामपन्थीहरूका निम्ति चीन दोषरहित नै मुलुक हो । नेपालका वामपन्थी दलका नेता–कार्यकर्ताहरू वर्षमा एकपटक चिनिया“ कम्क्युनिस्ट पार्टीका नेताहरूसित प्रशिक्ष्ँण लिंदै आएका छन् । चिनिया“ राष्ट्रपति सी जिनपिङको विचारधाराका पुस्तकहरू नेपालका वामपन्थी दलका कार्यालयहरूमा पनि पाउन सकिन्छ । चिनिया“ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमण नेपालका वामपन्थी दलबीच एकता र सहकार्य गराउने उद्देश्यले नै भएको हो । लाग्दछ नेपालका वामपन्थी दलहरू चिनिया“ कम्युनिस्ट पार्टीका विदे शमा सञ्चालित भातृ सड्डठन मात्रै हुन् । होइन भने पटक–पटक निर्देशन, सुझाव र सल्लाह दिन किन ने पाल दगुर्ने काम हुन्छ ।

Comment


Related News

Latest News

Trending News