राजनीतिक एपको सो मबार शुभारम्भ गरिने भएको छ ।
सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गरिने एप निर्माता प्रवीणकुमार साहले जानकारी दिएका छन् । नेपालमा धेरै राजनीतिक परिवर्तनहरु भए तर देश विकास हुन नसकेको तथा कुन नेताले कुन कार्यक्रममा सहभागी भए, कता रिबन काटे भन्ने मा मात्रै सीमित रहेको कुरालाई चिर्दै नयाँ प्रकारले समाजमा कसरी आफ्नो कुरा राख्न सकिन्छ तथा सम्बन्धित पक्ष समक्ष कसरी आफ्नो कुरा पुर्याउन सकिन्छ यो एपले मद्दत गर्ने निर्माता साहले जानकारी दिए । आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्या र समाधानको उपाय सजिलै सबै सामु राख्न र छलफल गर्न साझा चौतारीको रूपमा यो राजनीतिक एप ल्याएको उनले जानकारी दिए । राजनीति दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवार तथा सामान्य नागरिकले समाजमा देखिएका सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा देखिएका समस्या र समाधानको उपाय सेयर गर्न र छलफल गर्न सबैको साझा थलोको रूपमा यस एपलाइ ल्याएको उनले जानकारी दिए । देशको विकास र समृद्धिका लागि योजना, नीति र कार्यक्रम पनि यस एप्स मार्फत सार्वजनिक गर्न, छलफल गर्न र अभिलेखीकरण गर्न मद्दत गर्ने उनले वताए । यो एप्स मार्फत देश बनाउने योजना, नीति र कार्यक्रम सबैसामु कुनै कार्यक्रम नगरी घरमा, अफिसमा वा यात्रारत् अवस्थाबाटै सार्वजनिक गर्न सक्ने लगायतका विशेषताहरु रहेको छ । यो एप्स उपयोग गर्न राजनीतिक विचार र आस्थाकै कारण विभेद हुनेछैन । बरू आफ्नो विचार र आस्था मिल्नेसँग मात्रै वा नमिल्नेसँग पनि आफ्नै निर्वाचन क्षे त्रका उम्मेदवार र नागरिकसँग छलफल गर्न सकिने जनाइएको छ ।



