अपडेट 
२०७९ श्रावण २, सोमबार ०८:२०

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका किसानलाई भैसी वितरण गरिएको छ ।

किसानको आयस्तरमा बृद्धि, पोषणमा सुधार र बाहिरबाट आयात हुने दुग्धजन्य पदार्थमा कमी ल्याउने उद्देश्यले नगरपालिकाको वडा नं.१० मा भैसी वितरण गरिएको नगरपालिकाको पशु सेवा शाखाका पशु विकास अधिकृत विष्णुदेव यादवले जानकारी दिए । आ.व. २०७८/०७९ नगरपालिकामा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा संचालित भैसीको पकेट विकास कार्यक्रम अन्तर्गत उक्त भैसी वितरण गरिएको छ । परियोजनाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारी भैंसी उपलब्ध गराइएको छ । वडा नं.१० को हारसरमा १ लाख बरारबरको भैंसी उक्त वडाका ३० जना किसानलाई वितरण गरिएको छ । पशुपालक किसानलाई सो भैसी नगरपालिकाका नगरप्रमुख सुखदेव यादवले हस्तान्तरण गरे का थिए । नगर प्रमुख यादवले किसानलाई भैसी हस्तान्तरण गर्दै भने, ‘यो कार्यक्रमलाई प्रत्ये क आ.व.मा क्रमशः सबै वडामा निरन्तरता दिनेछु ।’ बजेटले भ्याएसम्म वास्तविक किसानको पहिचान गरी उनीहरुको आयस्तरमा वृद्धि हुने उद्दे श्यले किसानहरुको लागि यस्ता किसिमको योजना तथा कार्यक्रमहरु ल्याउने समेत प्रतिबद्धता नगर प्रमुख यादवले जनाए । उनले किसानलाई भैसी वितरण मात्रै होईन उक्त भैसीबाट उत्पादन भएका दूधलाई बजारीकरणको समेत व्यवस्था मिलाउन दूध सङ्कलन केन्द्रको स्थापना गरिने बताए । आ.व.२०७८/०७९ मा परियोजनाको २५ लाख कुल बजेट मध्ये १५ लाख बराबरको भैंसी वितरण गरिएको छ । त्यसैगरी बजेटको ५ लाखबाट गोठ निर्माण र बाँकीको ५ लाखबाट कृषकको लागि दुई दिने क्षमता अभिवृद्धि गो ष्ठी, घाँसको वीउ वितरण, पशुको वीमा तथा पशु स्वास्थ्य परजीवि नियन्त्रण कार्यक्रम गरिएको छ । पशुपालक किसानले ५० प्रतिशत अनुदानमा नगरपालिकाबाट भैसी पाएपछि हर्षित भएका थिए ।

Comment


Related News

Latest News

Trending News