अपडेट 
२०७९ श्रावण २, सोमबार १२:२९

केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ ।

सुन आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News