अपडेट 
२०७९ श्रावण ३, मंगलवार ०७:०४

सप्तरीको राजविराजसहित जिल्लाका प्रमुख बजारमा भारतीय नोटको चरम अभाव देखिएको छ ।

स्थानीय मनीचेन्जर देखि कुनै पनि बैंकमा समेत भारतीय नोट सटही सुविधा नहुदाँ सर्वसाधारण हैरान भएका छन् । सर्वसाधारणलाई सीमावर्ती बजारमा किनमेल प्रयोजनका लागि मात्र नभइ भारतमा उपचार, शिक्षा, तीर्थाटन तथा पर्यटन प्रयोजनका लागि पनि भारतीय नोट आवश्यकता पर्छ । अर्को तिर अहिले साउन महिनाको शुरुवात संगै भारतको झारखण्ड राज्य स्थित देवघर (बाबाधाम) बोलबम जानेहरुको संख्या पनि सप्तरीबाट उल्लेख्य रहने गरेको छ । तर भारतीय नोटको अभावका कारण यति वेला उनीहरु छटपटाईरहेका छन् । प्रचण्ड गर्मी र चर्काे घाममा समेत उनीहरु विहानै देखि बजारका विभिन्न पसल र बैंकको गेट अघि पुगेर “यहाँ भारतीय नोट पाइन्छ, भनी सोध्दै सयौं सर्वसाधारण पुग्ने गरेका छन् । तर, “छैन” भन्ने जवाफ पाएपछि निराश भइ फर्किेने गरेको दृश्य दिनभर देखिने गरेको छ । राष्ट्रिय बाणिज्य बैंकको छेऊमै होटल व्यवसाय गर्दै आएका संचालक शम्भु प्रसाद साहले दैनिक ७० देखि ७५ जना सर्वसाधारण भारु नोट खोज्दै आफ्नो पसल र नजिकैको बैंक पुग्ने गरेको सुनाए । ४ वर्ष अघि सम्म यहाँ स्थित राष्ट्रिय बाणिज्य बैंकले भारु सटही सुविधा उपलब्ध गराउदै आएको थियो । तर बन्द गरिएको सो सेवा ४ वर्ष वितिसक्दा पनि पुनःसुचारु हुन सकेको छैन । अन्य कुनै बैंक देखि मनिचेन्जरले पनि भारु सटही सेवा उपलब्ध न गराउँदा सर्वसाधारण हैरानी भोग्न बाध्य छन् ।

राष्ट्रिय बाणिज्य बैंक शाखा राजविराजका सहायक प्रबन्धक अजय प्रताप गौतमले माथि कै आदेशबाट भारतीय रुपैया सटही काउन्टर बन्द गरिएकोले सर्वसाधारणलाई सो सेवा दिन न सकिएको लाचारी व्यक्त गरे । यद्यपि यसका लागि आपूmहरुले पहल गरिरहेको उनको भनाइ छ । “नेपाल राष्ट्र बैंकले चाहे भने सो सेवा पुनः सुचारु हुन सक्छ, उनले भने, यसका लागि सबै सरोकारवालाको सामूहिक पहलको खाँचो छ ।” अधिकांश सर्वसाधारण एटिएम न राखेका कारण भारतीय नोट नगद नै लिएर भारत तर्फ जानु पर्ने बाध्यता छ । यस्तो अवस्थामा कतिपयले महगो दरमा भारतीय नोट साटेर भए पनि गर्जाे टार्न बाध्य भएको सर्वसाधारणको गुनासो छ । स्थानीय बजारका केही कारोवारीले सयकडा ५ देखि ७ रुपैया सम्म वट्टा काटेर भारतीय नोट उपलब्ध गराउने भएकाले सर्वसाधारणलाई उनीहरु संग भारतीय नोट सटही गर्ने काम निकै महँगो पर्ने गरेको राजिराज ७ का उमाकान्त साहले बताए । सर्वसाधारण मात्र नभइ यहाँका उद्योगी व्यवसायीलाई पनि भारतीय नोटको अभावले उत्तिकै पिरोलेको छ । स्थानीय व्यवसायी बैजु जोशी भन्छन–“ सीमावर्ती बजार भएकाले जिल्लाका धेरै उद्योगी व्यवसायीले कतिपय अवस्थामा भारतीय नोट मै कारोबार गर्नुपर्ने बाध्यता हुन्छ । तर भारतीय नोटको अभावले निकै समस्या हुने गरेको छ ।” यसरी भारतीय नोटको अभावले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै स्थानीयले बन्द गरिएको राष्ट्रिय बाणिज्य बैंकको भारु सटही काउन्टर संचालन गर्नुपर्ने माग गरेका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News