२०७९ श्रावण ३, मंगलवार ०७:०८

नेपाली कांग्रेस पर्साले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ ।

पर्सा जिल्लाका आम नागरिकहरुले भोगि रहेका समस्याहरुमा नेपाली कांग्रेस पर्साको गम्भीर ध्यानाकर्षण भएकोमा उक्त समस्याहरु यथाशीघ्र समाधानको लागि नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री हस्ताक्षरित ज्ञापनपत्र जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालमार्फत प्रधानमन्त्री समक्ष बुझाइएको छ । नेपाली कांग्रेसको अगुवाईमा गठबंधन सरकार निर्माण भइ राज्य सञ्चालन भइरहेको अवस्थामा हाल देखिएका समस्याहरु आफूहरुले प्रधानमन्त्री समक्ष पुर् याउन ज्ञापनपत्र बुझाएको कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेयले बताए । आगामी संघीय र प्रदेश निर्वाचन (२०७९) लाई मध्यनजर गरी निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य यस जिल्लामा निर्वाचन कार्यालय पर्सा बाट गरिरहेकोमा दिनहु ४००/५०० जना मतदाताहरु कार्यालयमा पुग्दा जनशक्तिको अभावमा ५०/६० जनाको नाम मात्रै दर्ता हुने भएको ले गाउँ/गाउँ बाट आउने आम नागरिकले समस्या भोगिरहेकोले जनशक्तिको व्यवस्था गरी प्रत्येक गाउ/वडा मा नै मतदाता नामावली दर्ता र अद्यावधिक गर्न व्यवस्था मिलाउन नेपाली कांग्रेस पर्साले मांग गरेको छ । त्यस्तै नेपाल कृषि प्रधान देश रहेकोले यस पर्सा जिल्लाको मूल वासिन्दाको पेशा कृषि नै रहेको हुँदा कृषकहरुलाई धानवाली लगाउने असार/साउन महिनामा रसायनिक मलको अभाव भइ कृषकहरु को जनजीवन कष्टकर भइरहेको र उत्पादनमा समेत हास हुने भएकोले अबिलम्ब रसायनिक मल उपलब्ध गराई कृषकहरुको समस्या समाधान गर्न माग गरिएको छ ।

जिल्लाको जिराभवानी गाउँपालिकामा पर्ने ईलाका प्रशासन कार्यालय सुपौलीमा हफ्तामा एक दिन मात्र नागरिकता वितरणदेखि अन्य सेवा दिइरहेकोमा उक्त कार्यालयमा आवश्यक जनशक्ति लगायतको व्यवस्था मिलाई दिनहँ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाली कांग्रेस पर्साको मांग छ । पोखरिया नगरपािलकामा विगतमा ईलाका प्रशासन कार्यालय स्थापना भइ सेवा प्रवाह भइरहेकोमा द्वन्द्व कालमा सो कार्यालय बन्द भइ सेवाग्रहीहरु वीरगञ्ज आउनुपरेकोले जिल्ला प्रशासन कार्यालयमा भार थपिएको र सेवाग्राहीलाई पनि समस्या रहेकोले पोखरियामा पुनः ईलाका प्रशासन कार्यालय स्थापना गरी सेवा सुरु गराउन मांग गरिएको छ । जिल्लाका कृषकहरुको धानवाली लगाउने सिजन र हाल पानी नपरी सुखायाम भइ अनावृष्टिको अवस्थामा कृषकका आशा भरोसा रहेको नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगञ्जले नहरमा पानी समेत सञ्चालन नगरेकोमा यथाशीघ्र पानी सञ्चालन गर्न, हुलाकी सडकको वीरगञ्ज–ठोरी सडक खण्डमा सुरक्षाका लागि गण्डक नहर चोक (नवरंगिया) पुलं निर प्रहरी चौकी स्थापना गर्न, र पर्सालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, जिल्ला उपसभापति रामनारायण कुर्मी, प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला सचिव दिनेश चौधरी, प्रदेश सदस्य ममता चौधरी, नेता रामरुप कुर्मी, वीरगञ्ज महानगरपालिकाका उपमेयर इमितयाज आलम लगायतकोसहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News