२०७९ श्रावण ३, मंगलवार ०७:३६

रौतहट जिल्लाको राजपुर नगर पालिका वडा नम्बर– ६ कुडियाबाट सशस्त्र प्रहरीको टोलीले लागू औषध गाजा सहित एउटा भारतीय नम्बरको स्कार्पियो नियन्त्रणमा लिएको छ ।

कुडिया नजिक रहेको आपको बगैचामा लुकाइ बेवारिसे अवस्थामा पार्किंग गरी राखेको म द्धि अलद ६२२ ९ नम्बरको स्कार्पियोमा राखिएको १ सय ९२ किलो ४ सय ग्राम लागू औषध गाजा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवा महेशपुरको टोलीले नियन्त्रणमा लिएको छ । प्राप्त सूचनाको आधारमा खटी गएको सुरक्षा वेशका टोलीले १३ पोका गाजा सहित उक्त गाडी नियन्त्रणमा लिएको सशश्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हजमिनियाले जनाएका छन् । गाडीका चालक र गाजा तस्करीमा संलग्न रहेको व्यक्ति फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । गाडी चालकको सवारी चालक अनुमति पत्र समेत फेला परेको छ । पक्राउ परेको गाजा र गाडी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । विगत केही दिन देखि रौतहटको इशनाथ नगरपालिका अन्तर्गत पर्ने औरैया ,मथिया , बन्जरहा , रामपुर खाप नाकाबाट खुलेयाम रुपमा तस्करीको कार्य जारी रहेको छ । सो नाकाबाट प्रहरीले पटक पटक अवैध रकमको कारोवार गर्ने गिरोहलाई नियन्त्रणमा लिने गरेकोले सो नाका तस्करीको हब बन्दै गएको छ ।

तस्करीको कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रत्यक्ष संलग्नता रहेको स्थानिय्हरुको भनाइ रहेको छ । जिल्लाको विभिन्न नाकाहरुबाट सुरक्षाकर्मीको सहयोगमा तस्करी हुने गरेकोले नेपाल सरकारको आन्तरिक राजश्वमा समेत असर पर्ने गरेको छ । नेपाल सरकारले राजश्व चुहावट नियन्त्रण गर्नका लागि नेपाल भारत सीमामा सशस्त्र प्रहरी परिचालन गरे पनि तस्करी नियन्त्रण हुन् सकेको छैन ।

Comment


Related News

Latest News

Trending News