२०७९ श्रावण ३, मंगलवार ०७:३९

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामकिशोर साहमाथि हातपात गर्ने विरुद्ध प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

इलका प्रहरी कार्यालय बर्दिबासले सोमबार उनको मुद्दा दर्ता गर्न मानेका छैनन् । उनीमाथि असार २९ गते कार्यालयमै स्थानीय आठ जनाको समूहले हातपात तथा दुव्र्यवहार गरेको आरोप छ । वडाध्यक्ष साहले सोहन पौडेल, समीर बैठा, रामनवीन महतो, विमलेश महतो, सन्जीव महतो, सरोजकुमार शर्मा, उपेन्द्र महतो र चान्द नटको समूहले हातपात गरेको आरोप लगाएका छन् । उनीहरु मल र बीउ अनियमितताको आरोप लगाएर हुलहुज्जत गरी हातपात गरेको वडाध्यक्ष साहको भनाइ छ । ‘ उहाँहरु अचानक आउनुभयो । म कार्यालमै थिए, मलाई अपशब्द बोल्न थाल्नुभयो,’वडाध्यक्षले भने,‘मेलै प्रमाणको लागि भिडियो बनाउदा मोवाइल पनि खोस्नु भयो । र, हातपात पनि गर्नुभयो ।’ इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले जाहेरी नलिएको उनले गुनासो गरे । उनले घटनामा पक्राउ परेका दुई जनालाई बिना सर्त रिहा पनि गरेका छन् । आर्थिक प्रलोभनमा परी डिएसपी रावलले रिहा गरेको आरोप छ । आरोपितहरु नेपाली काँग्रेस र जनमत पार्टीसँग आवद्ध छन् ।

वडाध्यक्ष अव जिल्ला प्रहरी कार्यालयमा मुद्दा दिने तयारी गरेका छन् । घटनाको विषयमा तीन जना वडाध्यक्ष र स्थानीय नेकपा माअ‍ोवादीका नेताहरुले आपत्ति जनाएका छन् । उनीहरुले छानबिन गरी दोषीलाई कारवाही गर्न माग पनि गरेका छन् । बर्दिबास नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष शमशेर सिंह, ६ का पदमबहादुर आले, ११ पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले संयुक्त विज्ञप्ति जारी गरी कारवाही गर्न माग गरेका छन् । वडाध्यक्ष साह यसअघि पनि सोही वडाका वडाध्यक्ष थिए । राजीनामा दिइ चुनावमा रहेको समय मल र बीउ वितरण गरिएको थियो । सोही विषयमा स्थानीयले हिसाव माग गर्दा विवाद सिर्जना भएको थियो । त्यसपछि ती समूहले उनीमाथि हातपात गरेको आरोप छ । हापात गर्नेहरु नेपाली काँग्रेसका नेता चिरञ्जीवि हमाल निकट रहेको बताइएको छ । हमाल नेपाली काँग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएका थिए । निकै मतान्तरले उनी पराजित भए । अहिले बर्दिबासमा स्वतन्त्र उम्मेदवारी दिएका प्रलाह्द क्षेत्री नगर प्रमुख छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News