अपडेट 
२०७९ श्रावण ३, मंगलवार ०७:४४

जनकपुरधाम । मधेश प्रदेशमा फेरि कोरोना संक्रित बढ्ने क्रम देखिएको छ ।

असारको अन्तिम सप्ताह सम्म मधेश प्रदेशमा कोरोना संक्रमतिको नयाँ शेस शुन्य जस्तै देखिएपनि श्रावणको पहिलो सप्ताहमै कोरोना संक्रमितको संख्यामा वृद्धि देखिएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ४ जना कोरोना संक्रिम पाईएको छ । यो सँगै मधेश प्रदेशमा एक्टीभ कोरोना पोजेटिभको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको २३ जनाको शंकास्पद व्यक्तिको गरेको स्वाव परिक्षणमा ४ जनामा कोरोना पोजेटिभ पाईएको निर्देशनालायले जनाएको छ । त्यसैगरि, पर्साको विरगंज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परिक्षण गर्दा कुनैपनि व्यक्तिमा कोरोना संक्रमण नभेटिएको निर्देशानालयले जनाएको छ । यसैबीच, अहिले सम्म मधेश प्रदेशमा हाल सम्म कोरोना संक्रमित भएका मध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News