२०७९ श्रावण ४, बुधबार ०७:३६

बाराको जीतपुर स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफनो २१ औँ स्थापना दिवसको अवसरमा वतावरण हराभरा बनाउन फलफूलको विरुवा वितरण गरेको छ ।

सहकारीले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत सर्बसधारणलाई विरुवा वितरण गरेको सहकारी संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए । जनकल्याण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा आँप ,लिचि,अम्बा ,कागती ,रक्त चन्दन लगायतको फलफूलको विरुवा सर्बसाधारणलाई निःशुल्क वितरण गरेको हो । फलपूmलको विरुवा डिभिजन वन कार्यालय बाराको वन अधिकृत बिनोद सिँह र उपाध्यक्ष साहले वितरण गरेका थिए । डिभिजन बन अधिकृत सिँहले जलबायुमा आएको प्रतिकूल परिवर्तनको कारण मौसममा समस्या देखिएको बताए । उनले हावापानीलाई प्रत्यक्ष रुपमा सकरात्मक असर पार्ने तत्वहरुमा वनजङ्गल तथा रुखहरु भएको जानकारी दिए । अक्सिजन बिना कसैको अस्तित्व सम्भव नहुने भएकाले सबैले स्वच्छ अक्सिजन र हराभरा वातावरणकोलागि आफनो वरिपरि तथा खाली जग्गामा रुख (विरुवा) लगाउनकालागि सल्लाह दिए ।

औपचारिक कार्यक्रममा संस्थाका प्रबन्धक सन्तोष यादबले जनकल्याणको वित्तीय स्थितिको चित्रण गर्दै संस्थाले गर्दै आएको सामाजिक कार्यको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सहायक वन अधिकृत रामगणेश साह ,ललन राउत ,जवाहर प्रसाद कुर्मी ,गढीमाई साझेदारी वन उपभोक्ता समिति पथलैयाका सचिव सँजिता ठाकुर , जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाका सचिव कपिल देव प्रसाद यादब , विद्या महर्जन ,मुनि कुमारी न्यौपाने लगायतको सहभागिता रहेको थिया ।

Comment


Related News

Latest News

Trending News