अपडेट 
२०७९ श्रावण ४, बुधबार ०९:१७

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई कोरोना संक्रमण भएको छ । हिजाे मंगलबार पीसीआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टि देखिएकाे हो ।

मुख्यमन्त्री पाेखरेलकाे मंगलबार बिहान स्वाब संकलन गरिएको र साँझकाे रिपोर्टमा संक्रमण पुष्टि भएकाे मुख्यमन्त्री कार्यालयले जनाएकाे हाे।

मुख्यमन्त्री कार्यालयका अनुसार उहाँलाई आइतबारदेखि सामान्य रुघा लागेकाे र सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो ।

चिकित्सकका अनुसार उहाँकाेअक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएकाे बताइएकाे छ ।

Comment


Related News

Latest News

Trending News