२०७९ श्रावण ५, बिहीबार ०७:२०

जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिमा १ सय ६२ जना महिला सदस्य थप्ने भएको छ ।

कारवाही गरी डा. बाबुराम भटट्राई सहित ९ जनालाई निष्कासन गरिएसँगै केन्द्रीय समितिमा ३३ प्रतिशत महिला पु¥याउन लागिएको छ । भट्टराई र महिन्द्र राय यादव सहित ९ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट निष्कासन गरिएपछि केन्द्रीय समितिमा महिला सदस्यको संख्या ३३ प्रतिशत अपुग भएको बताइएको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने वैधानिक व्यवस्था छ । पार्टीले केन्द्रीय सदस्य राखिने महिला नेतृहरुको नाम संकलन गरिसकेको कार्यकारिणी सदस्य गजाधर यादवले जनाए । ‘केन्द्रीय सदस्यमा केही पुरुष र १ सय ६२ जना महिला सदस्य थपिने निर्णय भइसकेको छ’ उनले भने, साउन मसान्त भित्रै केन्द्रीय समितिलाई पूर्णता दिएर कार्यकारिणी समितिमा पनि सदस्यहरु थपिनेछ । कार्यकारिणी समितिका सदस्यहरुको पद विभाजन पनि साउन महिना भित्रै हुने उनले बताए । हाल पार्टीमा अध्यक्ष बाहेक अन्य सबै कार्यकारिणी समिति सदस्य मात्र छन् । उनीहरुलाई जिम्मेवारी दिनुपर्ने पार्टी भित्र आवाज उठिरहेको छ । साउन महिना भित्र नै जिम्मेवारी बाँडफाँट हुने बताउँदै एकल जिम्मेवारीलाई प्राथमिकतामा राखिने बताउँदै दोहोरो जिम्मेवारीमा नराखिने संभावना रहेको उनले बताए ।

जसपाको वीरगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीको विधान संशोधन गरी एकल अध्यक्षको प्रावधान राखेको छ । केन्द्रीय समितिमा ४ सय ९९ जना रहेकोमा केहीले दल परिवर्तन गरेका र केही कारवाहीमा परेका छन् । कुल संख्या मध्ये जसपाको वीरगञ्ज केन्द्रीय समितिको बैठकमा ३ सय ७ जना सहभागी थिए । जसपामा तटस्थ रहेको दाबी गर्दै आएका कार्यकारिणी सदस्यहरु राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, हेमराज राई र भक्तबहादुर शाह लगायतले अझै आफ्नो कित्ता स्पष्ट गरिसकेका छैनन् । तर उनीहरुलाई पार्टीले कारवाही पनि गरेको छैन् । तटस्थ भनिएका दुर्गा सोवलाई कारवाही गरी पार्टीको साधारण सदस्यबाट समेत हटाइसकिएको छ । तटस्थ रहेको बताउनेहरु जसपामै रहेको यादवको दाबी छ । ‘पार्टी छाडेर उहाँहरु अन्यत्र जानु भएको छैन्’ उनले भने, पार्टीले कारवाही समेत नगरेकाले उहाँहरु जसपामै रहेको बुझिनु पर्छ ।

Comment


Related News

Latest News

Trending News