अपडेट 
२०७९ श्रावण ६, शुक्रबार ०७:५२

जनकपुरधाम । जनकपुरधाममा इलेक्ट्रिक स्कुटरको शो रुम उद्घाटन गरिएको छ ।

विहीबार जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा चोक स्थित इन्द्रेनी आटो मोवाइल एजेन्सीको उद्घाटन गरिएको छ । नगर प्रमुख मनोजकुमार साह र २०१७ का मिस इन्टरनेशनल नीति साहले संयुक्त रुपमा शोरुम उद्घाटन गरेका छन् । लामो समयदेखि प्रतिक्षित इलेक्ट्रिक स्कुटर अव यहीबाट विक्री वितरण शुरु भएको छ । नगर प्रमुख साहले इलेक्ट्रिक स्कुटरले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई निरुत्साहित गर्ने विश्वास व्यक्त गरे । ‘यसले जनतालाई सहयोग पुग्नेछ । वार्षिक हजारौं लाग्ने सर्भिसिङ चार्ज र पेट्रोल खर्च पनि बचत हुन्छ,’उनले भने,‘वातावरण प्रदूषण पनि कम हुन्छ । हामी सबैले इलेक्ट्रिक भ्याकल सहर बनाउन सहयोग गर्नुपर्छ ।’ उनले बताए । यस्तै, २०१७ का मिस इन्टरनेशनल नीति साहले इलेक्ट्रिक स्कुटरले नेपाली पैसा विदेशिनबाट रोक्न सक्ने बताए । सवारी दुर्घटना पनि न्यूनीकरण गर्ने भएकाले सर्वसधारणलाई खरिद गर्न उनले अनुरोध गरे । बज्र ग्रुपले जनकपुरधाममा आफ्नो अधिकारिक विक्रेता इन्द्रेणी अटो मोवाइललाई नै घोषणा गरेका थिए । संस्थाका सञ्चालक रामनाथ साहले जनकपुरधामलाई इलेक्ट्रीक भ्याकल भनेर घोषणा पनि गरेका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News