प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता वी.पी.कोईरालाको ४० औं स्मृति दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाली कांग्रेसले स्व.वीपीको प्रतिमामा माल्र्यापण तथा अन्तरक्रिया र भातृ संस्था नेविसंघले विरामीलाई फलपूmल वितरण गरी शुक्रवार स्व.वीपी कोइरालाको ४० औं स्मृति दिवस मनाएको छ । सप्तरीको सुरुंगा नगरपालिकाको कदमाहा चोकमा रहेको स्व.वीपीको प्रतिमामा माल्यार्पण पश्चात नेपाली कांग्रेस सप्तरीद्वारा आयोजित कार्यक्रममा कांग्रेसका जिल्ला सभापति रामदेव साह, जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह, उपसभापतिद्वय राम कुमार यादव, फत्ते महमद, सचिव द्वय सनत मण्डल, प्रभु नारायण चौधरी, युवा नेता इर्शाद अन्सारी, सुरुंगा नगरपालिकाका प्रमुख गीता चौधरी, सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण ढकाल, तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल लगायतका वक्ताले वीपी कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । कार्यक्रममा सहभागीहरुले स्व.वीपी कोइरालाले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिकमा उत्तिकै सान्र्दभिक रहेको भन्दै एक जुट भई अघि बढ्नु पर्नेमा जोड दिए ।
शुक्रवार नै नेविसंघ सप्तरीले स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालका विरामीहरुलाई फलपूmल वितरण गरी ४० औं वीपी स्मृति दिवस मनाएको छ । जिल्ला अध्यक्ष घनानन्द यादवको अगुवाईमा कांग्रेसकी महिला नेतृ सुशिला यादव, युवा नेता नन्द किशोर यादव लगायतको टोलीले अस्पतालमा भर्ना रहेका १ सय ५० भन्दा बढी विरामीलाई फलपूmल वितरण गरीएको संघले जनाएको छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको वि.स.२०३९ साल साउन ६ गते निधन भएको थियो ।

