२०७९ श्रावण ७, शनिबार ०७:२५

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी उनको ४० औँ स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले सर्लाहीको इश्वरपुर नगरपालिका वडा न–३ भक्तिपुर स्थित दुर्गा मन्दिर क्षेत्रमा वृक्षरोपण गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको आयोजना तथा कार्यवाहक सभापति डा.सरोज कुमार यादवको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी महामानव विपीको योगदान र उनले अपनाएको मेलमिलापको नीतिको विषयमा चर्चा गरी दुर्गा मन्दिर क्षेत्रमा विभिन्न जातका ४० वटा बिरुवाहरु रोपेर वृक्षरोपण गरिएको छ । शुक्रवार बिहान आयोजना गरिएको कार्यक्रममा पार्टीका जिल्ला सचिव निरज कार्की, स–सचिव इन्द्र योन्जन, इश्वरपुर नगरपालिका नगरप्रमुख मनोज आचार्य, विशिष्ट अतिथि नेका सर्लाही क्षेत्र न १ का नेता कुबेर आचार्य, दिपक अधिकारी, सुरेन्द्र न्यौपाने, मधेश प्रदेश सदस्य सोनी बम्जन, रामबाबु साह लगायत पार्टीसँग आवद्ध नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको का.वा जिल्ला सभापति डा.यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News