अपडेट 
२०७९ श्रावण ७, शनिबार ०७:२७

जनकपुर– समतल भूभाग,मलिलो माटो,सुगम यातायात,मौलिक भाषा,साहित्य,कला र संस्कृति तथा मिहिनती नागरिक भएको आठ जिल्लामा फैलिएको मधेश प्रदेशलाई मुलुकको अन्नको भकारीपनि भनिन्छ । सिंचाई,मल,विउ तथा बाजारको व्यवस्था गर्न सके,यो प्रदेश सिंगै नेपाललाई धान,गहु“,तेलहन,आ“प तथा माछा खुवाउन सक्छ । कृषि उपज बिक्री गरेर विदेशी मुद्रासमेत आर्जन गर्न सक्दछ तर दुर्भाग्य मधेश चामल,दाल,आ“प र माछासमेतमा आत्मनिर्भर हुन सकेको छैन । किसान निर्वहनकालागी, घाटा खाएरपनि पुस्तैनी पेसालाई निरन्तरता दिनका लागी खेती किसानी गर्छन । खेती किसानीबाट लाभ हुने भए जावो १०/२० हजार रुपिया“ कमाउनकै लागी छोरा नातीलाई ५०डिग्रीको रापमा परदेश भूमिमा पठाउनु पर्ने बाध्यता हुन्नथे ।

सपरिवार खेतीपाती गरेरै रमाउ“थे होला । मेरा एक शुभचिन्तक र नियमित स्रोता हुनु हुन्छ –कमला किनारमा अवस्थित धवौलीका गुरुदयाल दास । उनले एक दिन आफ्नो व्यथा सुनाए –‘ सर, एक मन घिउरा,आधा मन बोडी, दू दू पसेरी झिमनी आ रमझिमनी माल जालके सानीमे मिलाक खिया देलिऐ ।’ मलाई अचम्म लाग्यो । मनमा प्रश्नपनि उब्जियो–जनकपुर बाजारमा सस्तो भएपनि २० रुपिया“ किलो पर्ने घिरौला,३०देखि ५० रुपिया“ किलो पर्ने बोडी तथा ४०–५० रुपिया“ किलो पर्ने रमतुरै र झिमनी गाई–भैंसीलाई किन खुवाउनु भएको होला ? अनि दासजीले सजिलो उत्तर फर्काउनु भयो –‘ सर चारि परानी मिलिक तरकारी तोडली । मोटा बन्हली । बाजारदिसि विदा भेली तखने साइकल टनटनबैत जेठका बेटा बाजारदिसिस“ आएल आ कहलक जे बाउ घिउरा त पा“चे रुपैये किलो बिकाई है । मन घोड भ’गेल सर । सबटा तरकारी नादीमे उझैल देलिऐ ।’ यो गुरुदयालजीको एकल व्यथा होईन,मधेशका प्रायःसबै धरतीपूत्रहरुको छ । सिजनमा खाद्यान्न सस्तो हुनु र वेसिजनमा मंहगो । सिजनमा काउली १० रुपिया“ किलो पाउनु अनि वेसिजनमा दुई सय रुपिया“ किलो । हामी अफ सिजनमा दुई सय रुपिया“ किलोको काउली खान्छौ । सोंच्नु भएको छ – यो काउली कहा“बाट आउ“छ ? अफ सिजनका तरकारीहरुमध्ये अधिकांश काभ्रे,चितवन तथा भारतको सिमरिया,कोलकत्ता जस्ता स्थानहरुबाट आउ“छ । काभ्रेको काउली जनकपुर आउन सक्ने अनि धनुषाको घिरौला काठमाण्डौ र पोखरा जान नसक्ने ? किन होला ?

हो,सरकार यही चाहिन्छ । स्थानीय र मधेश प्रदेश सरकार आफ्नो प्रदेशभित्रको कृषकका लागी मल खाद,कृषि उत्पादनको व्यवस्थापन,बिक्री वितरण तथा भण्डारणमात्रको जिम्मा लिई दिए गुरुदयालजीहरुलाई तरकारी काटेर गाई भैंसीलाई खुवाउनु पर्ने अवस्था आउदैन । तर कठै हाम्रो मधेश सरकार उसलाई पोखरी सौन्दर्यीकरण गर्दै फुर्सद छैन । जानकी मन्दिरको साविक मार्वल हटाएर कमशल मार्वल लगाउनै फुर्सद छैन । बेटी पठाउ,बेटी बचाऊ योजनाबाटै फुर्सद छैन । हो,अनियमितताको कुरा गर्दा महालेखा परिक्षणको ताजा प्रतिवेदनमाथि ध्यान गयो । मधेश सरकारका मन्त्री,सन्त्री तथा सचिवजीहरुको गाडी र इंधन मोह गजवको देखियो । महालेखाको प्रतिवेदन अनुसार–मधेश सरकार गाडी खरीद गर्ने तथा इंधन खर्च गर्ने मामिलामा सातवटै प्रदेशमा प्रथम स्थान प्राप्त गरेको छ । मधेश सरकारको सर्वकालीक आरोप हुन्छ – संघीय सरकारले काम गर्न बाधा उत्पन्न ग¥यो । संघीय सरकारका सचिवहरु असयोग गरे । कर्मचारी आभाव भयो । कमोवेश यी आरोपहरु सत्यपनि छन तर विकास वजेटको ६०प्रतिशतमात्र खर्च गर्न सक्ने मधेश सरकारलाई गाडी खरीद गर्न संघीय सरकार वा सचिवले किन रोक्न सकेनन् ? महालेखा परिक्षणको प्रतिवेदनले मुख्यमन्त्री कार्यालय मातहातमा संचालित स्वक्षता अभियान अन्तर्गतको पोखरी र मठमन्दिर सौन्दर्यीकरण अभियान,बेटी पढाउ बेटी बचाउ अभियानलगायतका कार्यक्रमहरुमा व्यापक अनियमितता भएको औल्याएको छ । खासमा पर्साको नगवा,मुरली,लक्ष्मणवा,निचुटासमेतका चार पोखरीको सौन्दर्यीकरण समझौता अनुसारको काम नभएपनि भुक्तानी दिइएको उल्लेख गरिएको छ । सामान्य मर्मत गरेर प्रयोगमा ल्याउन सक्ने पुराना गाडी,पुराना फर्निचर,पुराना भौतिक संरचनाहरुको हेर चाह नगर्ने,मर्मत संभार नगर्ने अनि नया“ खरीद गर्न मरिहत्ते गर्ने संघीय,प्रदेश र स्थानीय सरकारको चलन जस्तै बनेको छ । सिंह दरवारभित्र सयौं विदेशी गाडी कवाडा बन्दै छ अनि संघीय सरकार नया“ मोडलका गाडी खरीद गर्दै छ ।

जनकपुर चुरोट कारखानाभित्र पुराना सोफा,टेबुल,दराज राख्ने ठाउ“ छैन अनि मधेश सरकार सालै पिच्छे नया“ सोफा,टेबुल,कुर्सी खरीद गर्न चुक्दैन । स्थानीय सरकारका प्रमुख र उपप्रमुख बिचको झगडाको मुख्य कारणनै बनेको थियो– चार प्यांङग्रे गाडी । विश्व वाजारमा तेलको बढदो मूल्यको कारण अचेल गाडी खरीद गर्नु भन्दा पनि इंधनको जोहो गर्नु चुनौतीपूर्ण छ । इंधन जोगाउन संघीय सरकारले सातामा दुई दिन विदा दिने नियम बनाएको थियो तर यो नियम धेरैदिन चल्न सकेन । फिर्ता लिनु प¥यो । इंधन वचत गर्नु भनेको मुलुकमा भएको डलर जोगाउनु हो । पर्यावरण जोगाउनु हो अनि विकल्पको रुपमा साईकल वा पैदल सवारीलाई प्रोत्साहित गर्न सके स्वास्थ्य जोगाउनु पनि हो । शुक्रवारदेखि जनकपुरधाम उपमहानगर पालिकाले इंधन जोगाउने अभियान सुरु गरेको छ । शुक्रवार नगर प्रमुख मनोजकुमार साह,उपप्रमुख किशोरी साहसहितका जनप्रतिनिधि तथा कर्मचारीहरु साईकलमा नगर परिक्रमा गरी यस अभियानको श्रीगणेश गरेका छन् । आर्थिक वर्ष २०७९÷०८०को निती तथा कार्यक्रममा समेत प्रमुख साहले साईकल सवारी कार्यक्रम समाहित गर्न लगाएका थिए । नगर प्रमुख साह साताको दुई दिन शुक्रवार र शनिवार जनकपुरको सडक सवारीसाधन विहीन हुनु पर्ने योजनामा छन् । आशा गरौं यो योजना सफल हुने छ ।

Comment


Related News

Latest News

Trending News