अपडेट 
२०७९ श्रावण ७, शनिबार ०७:३२

महोत्तरीमा जथावाभी खोला उत्दनन् गर्ने पक्राउ परेको छ ।

बर्दिबास नगरपालिका १३ बिजलपुरास्थित रातु खोलाबाट मापदण्ड विपरीत गिट्टी, बालुवा उत्खनन् गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले ना ८ ख ४७३७ नम्बर प्लेटको टिपर र नम्बर नभएको अँन टेस्ट लोडर पनि नियन्त्रणमा लिएका छन् । प्रहरीले सवारी नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति महोत्तरीमा पठाएका छन् । प्रहरीले सवारी बारे विवरण सार्वजनिक गरेपनि पक्राउ परेका व्यक्तिहरुको नाम खुलाएका छैन् । यस्तै, नेपालबाट भारततर्फ मोवाइल सेट पेन ड्राइभ चोरी निकासी गरेको आरोपमा एक जना भारतीयलाई पनि नियन्त्रणमा लिइएको छ ।

४६ हजार मूल्य बराबरको सामान चोरी निकासी गरेको आरोपमा दरभंगा जिल्ला कम्तोलका ८ का १८ वर्षीय अमन साहलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनका साथबाट चाइनिज युनिक एलेभन १२ थान, चाईनिज इनटेक्स इको १०७ लेखिएको दश थान र पेन ड्राइभ दुई थान बरामद गरेको छ । प्रहरीले उक्त समान आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय मलिवारा पठाएको छ ।

Comment


Related News

Latest News

Trending News