जनकपुरधाम मिल्स एरियास्थित एनआइसी एसिया बैंकबाट अरुको पैसा झिकेर फरार भएका एक जनालाई पक्राउ गरिएको छ ।
विदेह नगरपालिका १ की ७३ वर्षीया कुम्हिया देवी भिनवार यादवलाई बैंकको कर्मचारी रहेको भन्दै चेक बुक लिएर २४ हजार रुपैयाँ झिकी फरार भएका कमला नगरपालिका २ माचीका २३ वर्षीय सन्तोष कुमार ठाकुर पक्राउ परेका छन् । उनलाई प्रहरीले माचिको राजवंशी कोल्ड स्टोरबाट २० हजार रकमसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । कुम्हिया देवी वृद्ध भता झिक्न आएको बेला उक्त घटना भएको थियो । उनले २४ हजार रकम झिकेपनि अरु पैसा अन्य प्रायोजनामा खर्च गरिसकेकापछि पक्राउ परेको छ । ‘ठाकुरले म बैंकको कर्मचारी हो, तपाईको चेक बुक ल्याउनु म रूपैया निकाल दिन्छु भनि कुम्हिया देवी भिनवार यादव संग चेक बुक लिई बैंकबाट २४ हजार रुपैयाँ झिकी फरार भएपछि हुलियाको आधारमा माचिको राजवंशी कोल्ड स्टोरबाट रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ,’जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

