अपडेट 
२०७९ श्रावण ७, शनिबार ०७:५०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भिडभाड हुने ठाउँमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ।

सबै सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशालामा मास्क अनिवार्य गर्न/गराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको छ ।

यस्तै सार्वजनिक गाडी, विमानस्थल, हवाई उडानलगायतमा मास्क अनिवार्य प्रयोग गर्न, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्क लगाउन पनि आग्रह गरिएको छ । स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न/गराउन, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News