२०७९ श्रावण ८, आईतवार ०५:१२

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले कामनै सम्पन्न नगरेको योजनाको भुक्तानी गरेको छ ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–५ थलही घाटमा कविर कुटीको भवन निर्माणमा १० लाख भुक्तानी गरिएको छ । सो कुटीको भवन निर्माणको अहिले सम्म छत ढलानको सेटिङ्ग मात्रै गरिएको छ । तर, भुक्तानी भई सकेको छ । काम असार मसान्त भन्दा पहिलानै सम्पन्न गर्नुपर्ने थियो तर अहिले सम्म सेटिङ्ग झुण्डिएकै अवस्था छ । धनुषा निर्वाचन क्षेत्र नं. ३ को ‘क’ वाट वर्तमान मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादवको गाउँमा पनि यस्तो प्रकारको काम भई रहेको छ । वृहत्तरले आर्थिक बर्ष २०७८/०७९ मा सो कविर कुटीकालागि १० लाख रकम विनियोजन गरेको थियो । खास गरी ग्रामीण भेगहरुमा अनुगमनकर्ताको पहुँच नहुनु र गुनासो गर्नेहरु पनि त्यति उत्सुक नहुनुले यस्ता प्रकारका कामहरु बढी देखिएको छ ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यस भन्दा पहिला पनि जानकी मन्दिरमा विजुलीवत्ती जडानमा व्यापक अनियमितता गरेको भन्दै अख्तियार दुरुपोग अनुसन्धान आयोगले वृहत्तरवाट सो कार्यको सम्पूर्ण फाइल आफ्नो नियन्त्रणमा लिएको छ । संघ सरकारको मातहतमा रहेका वृहत्तरको योजनाहरुको अनुगमन कर्ता त्यति चनाखो नभएकै कारण वृहत्तरमा व्यापक अनियमितता भइ रहेको आरोप लाग्दै आएको छ । तर, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् का कार्यकारी निर्देशक वलराम ठाकुरले कार्य सम्पन्न नगरेका कारण सम्वन्धित पक्षले पाउनुपर्ने अन्तिम भुक्तानी भने नभएको बताए । उनले १० लाखको बजेटमा करिव साढे आठ लाख पाउने छ, रनिङ्ग विल दिइएको छ तर अन्तिम भुक्तानीको चेक रोकिएको छ । उनले करिव ४÷५ लाख रुपैयाँ रोकिएको जानकारी दिएपनि विल पुरा भुक्तानी भइसकेको स्थानीयबासीहरुले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News