२०७९ श्रावण ८, आईतवार ०९:०८
तेलि कल्याण समाज नेपालको केन्द्रीय सचिवालय बैठक शनिबार वीरगञ्जमा सम्पन्न भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्र साहको अध्यक्षतामा बसेको बैठकले तेलि कल्याण समाजको केन्द्रीय महाधिवेशन आगामी असोज ५ र ६ गते वीरगञ्जमा गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले महाधिवेशन सफल बनाउन समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्र साहको संयोजकत्वमा १५१ सदस्यीय महाधिवेशन मुल समिती गठन गरेको छ । यसैगरी बैठकले महाधिवेशन तयारीको लागि केन्द्रीय उपाध्यक्षको विश्वनाथ साहको संयोजकत्वमा ११ सदस्यीय अर्थ समिति पनि गठन गरेको छ । यसैगरी बैठकले महाधिवेशन निर्वाचन समिति र प्रचार प्रसार समिति समेत गठन गरेको छ ।

