मैथिली भाषाकी गायिका मुनचुन देव प्रियालाई उर्मिला झा स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाद्वारा स्थापित उक्त पुरस्कार मधुश्रावणी पर्वको अवसरमा आयोजित कार्यक्रमबीच सो पुरस्कारबाट उनलाई सम्मान गरिएको हो । सप्तरीको तिरहुत गाउँपालिका–१ की प्रिया रेडियोकर्मी समेत हुन् । मैथिली महिला परिषद् सप्तरीकी अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित सम्मान समारोहमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, विशिष्ट अतिथि मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराइले संयुक्त रुपमा सो पुरस्का प्रदान गरेका थिए ।
मैथिली महिला परिषद् सप्तरीकी आजीवन सदस्य रहेकी गायिका उर्मिला झाको चार वर्ष अघि सवारी दुर्घटनामा निधन भएको थियो । उनको स्मृति एवं सम्मानमा उक्त पुरस्कारको स्थापना गरिएको संस्थापक झाले बताए ।

