२०७९ श्रावण ९, सोमबार १४:१८
राष्ट्रियसभाबाट नागरिकता विधेयक सर्वसम्मतीले पारित भएकाे छ ।
राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले प्रतिनिधि सभाबाट प्राप्त नागरिकतासम्बन्धी संशाेधन विधेयकमाथि विचार गरियाेस् भन्ने प्रस्ताव गर्नुभएपछि सर्वसम्मतीले पारित भएकाे हाे ।प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि संशोधन राख्न चाहने सदस्यहरूले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सकिने सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएकाे छ।
राष्ट्रियसभाकाे बैठक साउन १० गते मंगलवारसम्मका लागि स्थगित भएकाे छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

