२०७९ श्रावण १०, मंगलवार ०७:२५

दुई महिना अघि भएको निर्घात कुटपिटबाट जीवन मरणको दोसाँधमा पुगेका सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका ५ भीमार टोलका ४० वर्षीय वीरेन्द्र यादवका आफन्तले उनलाई सोमवार सप्तरी जिल्ला अदालत परिसरमा ल्याएर राखेका छन् । कुटपिट गर्ने व्यक्तिलाइ १ लाख ५० हजार धरौटीमा छाडेको र अहिले घाईतेको अवस्था अति चिन्ताजनक रहेको भन्दै न्यायका लागि उनीहरुले अदालतमा ल्याएर राखेका छन् । टेम्पोमा ल्याएर अदालत परिसरमा राखिएका वीरेन्द्र अहिले पनि अचेत अवस्थामा छन् । विराटनगर स्थित न्यूरो अस्पतालमा टाउकोको शल्यक्रिया तथा अन्य उपचार गराएको करिब डेढ महिना भईसक्दा पनि उनीमा चेतना आएको छैन् । अहिले सम्म निको नभएको र चिकित्सकले अब उपचार सम्भव नभएकाले घर मै राख्नु भने पछि लिएर आएको छोरा मिथलेशले बताए । उनका अनुसार उपचारका क्रममा १८ लाख रुपैया खर्च भईसक्दा पनि निको नभएको र चिकित्सकले अब बचाउने अवस्था नरहेको भने पछि अचेत अवस्थामा लिएर आएको सुनाए । उनका अनुसार गत जेठ १४ गते विहान ७ बजे तिर बुवा वीरेन्द्र हलो गोरु लिएर खेत तर्फ निस्केका थिए ।

सोही क्रममा छिमेकी जोगिन यादवको बारीमा लगाइएको तरकारीको लहरा गोरुले खाईदिएपछि आक्रोशित जोगिन र उनका परिवारका सदस्य विनोद यादव, सरोज यादव लगायतले बाँस र काठको चिरपटले बुवा वीरेन्द्रमाथि साँघातिक आक्रमण गरेको मिथलेशले बताए । यसबारे सोही दिन घाईते वीरेन्द्रका दाजु नारायणले इलाका प्रहरी कार्यालय कंचनपुरमा पीडक विरुद्ध किटानी जाहेरी दिएपछि जोगिन यादव पक्राउ परेका थिए । प्रहरीमा दिइएको जाहेरीमा पीडक विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत कारवाही चलाउनु पर्ने माग गरिएको थियो । प्रहरीले जोगिनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको र प्रक्रिया सकिए पछि अदालतमा उपस्थित गराउँदा असार १४ गते जोगिन १ लाख ५० हजार धरौटीमा रिहा भए पछि पीडितका आफन्त आक्रोशित भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलद्वारा जारी आदेश–पर्चामा पछि ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी जोगिनबाट मुलुकी कार्यविधि संहिता, २्र०७४ को दफा ७२ को आधारमा सोही ऐनको दफा ६८ बमोजिम १ लाख ५० हजार नगद वा सो वराबरको जेथा जमानत वा बंैक जमानत दिए लिइ पुर्पक्षका निम्ति तारेखमा राख्नु उल्लेख छ । पीडितका आफन्तले भने उक्त आदेशले आपूmहरु झन अन्यायमा परेको गुनासो पोखेका छन् । जीवन मरणको दोसाँधमा रहेका श्रीमानको उपचारमा समेत १ रुपैया पनि खर्च नदिएको र ज्यानै जाने अवस्थामा पु¥याउने व्यक्तिलाई धरौटीमा छाड्दा आपूmहरु झन अन्यायमा परेको वीरेन्द्रकी श्रीमती नैना देवीले सुनाईन । उनले श्रीमान् को उपचारमा सबै खेतीयोग्य जग्गा विक्री भईसकेको र भएको एउटा घर पनि धितो राखी ऋण उठाउनु परेको पीडा स्ुनाईन । न्यायका लागि अदालत परिसर भित्रै यसरी जीवन मरणको दोसाँधमा रहेका व्यक्तिलाई ल्याई राखिएको जिल्लामै पहिलो घटना हो ।

यसैबीच अदालतका जिम्मेवार अधिकारीहरुले यो अन्तिम फैसला नभई मुद्दाको प्रारम्भिक आदेश भएको र चित्त नबुझे उच्च अदालतमा निवेदन दिने अवस्था विद्यमान रहेको भन्दै सिकिस्त विरामीलाई यसरी अदालत प्राङ्गनमा नराख्न आग्रह गरेपछि ३ घण्टा पश्चात बुवालाई लिई घर फर्कने तैयारीमा लागेको छोरा मिथलेशले बताए । उनले यसबारे मंगलवार कानून ब्यवसायीहरु संग छलफल गरी न्यायका लागि उच्च अदालतमा जाने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News