धनुषामा स्रोत नखुलेको २४ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
आइतबार जनकपुरधाम उपमहानगरपालिका १२ स्थित महादेव मन्दिर नजिकबाट १९ वर्षीय अब्दुल समी २३ लाख ८९ हजार चार सय ८० रुपैयाँसहित पक्राउ परेका छन् । पक्राउ परेका समी भारत मधुवनी जिल्ला हरलाखी हरिने ९ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनी भारतबाट बी आर ३२ ए जे ०१७० नम्बर प्लेटको मोटरसाइकलमा सवार भइ नेपाल तर्फ आउँदै गर्दा चेक जाँचको क्रममा पक्राउ परेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहका छन् । स्रोत नखुलेको रकमभन्सार कार्यालय जनकपुरधाममा रितपूर्वक पठाइएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

