२०७९ श्रावण १०, मंगलवार ०८:३५

कोरोना विरुद्धको खोप अभियानमा खटिएका एक कोरोना फोकल पर्सनमा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट कोरोना विरुद्धको खोप अभियानमा खटिएका एक पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । एन्टिजेन परीक्षण गर्दा अघिल्लो दिन आईतवार संक्रमण पुष्टि भएपछि ४५ वर्षीय उनी होम आईशोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । रुपनी गाउँपालिका–३ घर भएका उनी जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन हुन । ३ महिना यता कोरोना संक्रमणदर शून्यमा झरेको जिल्लामा नयाँ संक्रमित देखिएपछि स्थानीय तथा अधिकारीहरु झस्किन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले कोरोना कहर फेरि पनि फैलिन सक्ने भन्दै सर्वसाधारणलाई सचेत बन्न आग्रह गरेका छन् । “नेपाल–भारत सीमानाकाबाट निर्वाध आवागमन भइरहेको छ भने अधिकांश सर्वसाधारण मास्क बिना नै हिडडुल गरिरहेको पाइन्छ । सर्वसाधारणमा सेनिटाईजरको प्रयोग पनि घट्दै गएको पाइएको छ, स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरु भन्छन–“यसले कोरोना फैलिने जोखिम बढाउँदै लगेको छ ।”

कोरोना संक्रमण पैmलन नदिन उच्च सर्तकता अपनाउन र स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न जिल्ला स्वास्थ्य कार्यालयले सबैसंग अपिल गरेको छ । पिसिआर परीक्षणका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा आवश्यक व्यवस्था मिलाइएको मेडिकल सुपरिटेन्डेण्ट डा.प्रकाश साहले बताए । सोमवार बैठक नै बसेर उच्च सर्तकता अपनाउन र आवश्यक तयारी गर्न मातहतका स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन दिइएको उनले बताए । उनले हाल कोरोना जाँचका लागि न्यून संख्यामा सर्वसाधारण आउने गरेको जानकारी दिए । उनले अस्पतालमा आवश्यक्ता अनुसारको जनशक्ति नहुँदा समस्या भइरहेको समेत जानकारी गराउँदै जनशक्ति पूर्तिका लागि मधेश प्रदेश सरकार र राजविराज नगरपालिकासंग सहयोग मागेको र चाडै उक्त समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

Comment


Related News

Latest News

Trending News