अपडेट 
२०७९ श्रावण १०, मंगलवार १५:२४

राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

एसईई नतिजाबारे छलफल गर्न आज अपरान्ह ३ बजे बोर्डको बैठक बस्दै छ । बैठकमा एसईई नतिजाबारे छलफल हुने बोर्डका एक अधिकारीले जानकारी दिए ।

प्राविधिक रूपमा केही त्रुटि नभए नतिजा आजै सार्वजनिक गर्ने तयारी रहेको उनले बताए । आज सम्भव नभए भोलिसम्ममा नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ ।

स्थानीय चुनावका कारण १० दिन काम रोकिएकाले नतिजामा ढिलाइ भएको बोर्डले जनाएको छ ।

वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ९५ हजार विद्यार्थी सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News