२०७९ श्रावण १०, मंगलवार १८:००
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिव ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले बताएको छ ।
स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा ८ करोड मतपत्र छाप्नुपर्ने बताएका हुन् ।
एउटा मतदान केन्द्रमा ४ वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी पनि चाहिएला ।’ निर्वाचनको मिति तय नभएपनि आयोगले आन्तरिक तयारी थालिसकेको थपलियाले जानकारी दिएका छन् ।


