अपडेट 
२०७९ श्रावण ११, बुधबार ०७:०९

भन्सार कार्यालय जनकपुरमा तस्करी र राजस्व असुलीमा ठोस सेटिङ्गमा काम भइरहेको छ । चोरी पैठारीको समान बरामद गरी कार्यालयका कर्मचारीहरु हाकाहाकी आर्थिक लेनदेन गर्ने गरेका छन् । कार्यालय प्रमुख प्रमोदकुमार दासले आर्थिक लेनदेन गरी तस्कर र समान छाड्ने गरेको आरोप तस्कर र व्यवसायीले लगाउने गरेका छन् । सरकारले भन्सार कार्यालयलाई ९९ लाख सम्मको समान बरामद गरे आफै फैसला गर्न दिएको अधिकारको चरम दुरुपयोग गर्दै उनीहरु लुट मचाएको बताइन्छ । दश लाख सम्मको समान बरामद भए भन्सार कार्यालयकै कर्मचारीले फैसला गर्ने प्रावधान छ । सो भन्दा बढी ९९ लाख सम्म सरकारी वकिल कार्यालयको रोहबरमा फैसला हुने गरेको छ । एक करोडभन्दा बढी भएपछि जिल्ला अदालतले फैसला गर्छ । तर भन्सारका कर्मचारीहरुले गर्ने अधिकांश फैसला मिलोमतोमा भइरहेको व्यवसायीहरु बताउँछन् ।

असार २१ गते इनर्वा नाकामा शसस्त्र प्रहरीले ८३ लाख ६४ हजार पाँच सय स्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएका जनकनन्दनी गाउँपालिका ५ का ईश्वर मण्डल र राजेश मण्डललाई धरौटी समेत नलिई छाड्ने तयारी गरिएकोछ । पक्राउ परेका उनीहरु भरिया रहेको कागजातहरु तयार गरिएको छ । पक्राउ परेका व्यक्तिलाई भरिया कायम गरी मुख्य कारोबारीसम्म पुग्ने प्रयास प्रहरी र भन्सारले गर्दैन् ।स्रोतहरुका अनुसार पक्राउ परेका मण्डलद्वयले मुख्य कारोबारीको नाम र ठेगाना खुलाए पनि भन्सार प्रमुख दास र प्रहरीले खोजतलास गरी नियन्त्रणमा लिएर कारवाही गर्न चासो नै लिएका छैनन् । यसअघि ०७८ पुस २२ गते ३८ लाख ३५ हजार रुपैयाँसहित पक्राउ परेका अमितकुमार यादव पनि रिहा भइसकेका छन् । विगो बराबरको धरौटी बुझाएर यादव रिहा भएका थिए । भन्सारका कर्मचारीहरुले व्यापारीहरुसँग पनि महिनाबारी असुल गरी भन्सार छलीको सामान नियन्त्रणमा लिए पनि छाड्ने गर्छन् ।भन्सार प्रहरीको मिलोमतोमै तस्कर हरुले सहज रुपमा अवैध मालसमान ओसार पसार गरिररहेको बताइएको छ । भारतबाट भन्सार छलीको समान नेपालमा दिनहुँ केही मात्रामा वेवारिसे अवस्थामा फेला परे पनि तस्कर पक्राउ परेका हुदैनन् । रातिको समयमा नेपाल–भारत सीमाबाट रांगा, गाई, ठूलो परिमाणमा खाद्यान्न, कपडा, सुन चाँदी र लागू औषध ओसार पसार हुने गरेको छ । यसमा भन्सारका प्रमुख र कर्मचारीहरुको सेटिंग छ ।नेपालमा समान भित्रिने नाकामा नै प्रहरीसितको सेंटिग हुने गरेको छ ।

यस्तै, असार ३१ गते जनकपुरधामस्थित संकटमोचन मन्दिर नजिकबाट एक करोडको मूल्य बराबरको स्वास्थ्य उपकरणसहित पक्राउ परेका तीन जनालाई पनि छाड्ने तयारी भइरहेको छ । उनीहरुले भन्सार कर्मचारीको मिलोमतोमा छुट्न लागेका हुन् । स्रोतको अनुसार भन्सार कर्मचारीकै निर्देशनमा प्रहरीले बरामद गरेको समानको नामसहित सार्वजनिक गरेका छन् । अन्दाजी एक करोड बराबरको समान बरामद भएको बताए पनि कुन कुन समान बरामद भएको प्रहरीले खुलाएको थिएन । यी सबै आरोपलाई जनकपुर भन्सार कार्यालयको तथ्याङ्कले पनि पुष्टि गरेका छन् ।

भन्सार कार्यालयले आर्थिक वर्ष ०७८/७९ मा राजस्व संकलनको लागि लिएको कुल लक्ष्यको ५४ प्रतिशतमात्रै पुरा गरेको छ । कार्यालयले ४८ करोड ५५ लाख ९२ हजार राजस्व संकलन हुने लक्ष्य राखेको थियो । तर सेटिङ्गमा व्यापारी र पक्राउ परेका तस्कर छाडेपछि मात्र २६ करोड ३६ लाख ७९ हजार ८ सय ४७ रपैयाँ राजस्व संकलन भएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News