२०७९ श्रावण ११, बुधबार ०७:२७

फोहोर व्यवस्थापन अभियानमा जुटेको राजविराज नगरपालिकाले मंगलबारदेखि फोहोर राख्ने डस्टबिन बितरण सुरु गरेको छ ।

उपमेयर इसरत परवीनको नेतृत्वमा निस्केको नगरपालिका कर्मचारीको टोलीले मंगलबार बजार क्षेत्रका ५ सय पसललाई डस्टबिन वितरण गरेको छ । सो क्रममा पसल संचालकहरुलाई फोहर सोही डस्टबिनमा राख्न र नगरपालिकाका सफाई कर्मचारीहरु ट्याक्टर लिएर आउँदा सो मा फोहोर राखेर सहयोग गरिदिन आग्रह समेत गरिएको छ । पसल बाहिर राख्दा हराउने र चोरी हुने सम्भावना रहेकाले पसल बन्द गर्दा उक्त डस्टबिन सुरक्षित साथ राख्न समेत पसल संचालकहरुलाई भनिएको छ । जथाभावी फोहोर फ् याल्नेलाई फोहोर सामग्री राख्न सामान उपलब्ध गराइएको भन्दै उपमेयर परवीनले सोको अवज्ञा गर्नेलाई फोहोर व्यवस्थापन नियमावली अन्तर्गत कारवाही हुने भन्दै सचेत समेत गराएकी छन् । मंगलबारदेखि सुरु भएको डस्टबिन वितरण कार्यक्रम बुधबार पनि नगरका बजार क्षेत्रमा जारी रहने उनको भनाई थियो । सो क्रममा नगरपालिकामा दर्ता भए नभएका पसलहरुको विवरण संकलन कार्य पनि गर्न थालिएको र दर्ता नभएका पसललाई अविलम्ब नगरपालिकामा दर्ता गराउन सचेत गराउन थालिएको उपमेयर परवीनले जानकारी दिए । विगतमा नगरको फोहोर संकलन बिहानको समयमा हुँदै आएकोमा अब साँझको समयमा समेत फोहोर संकलन र व्यवस्थापनको काम हुने नगरपालिकाले जनाएको छ । राजविराज नगरपालिकाको मेयर हाल निलम्बित अवस्थामा रहेकाले फोहोर व्यवस्थापनमा उपमेयरले सक्रियता देखाउनु सकारात्मक रहेको नगरवासीको भनाई छ ।

Comment


Related News

Latest News

Trending News